समाचार

कृषि उपज बिक्री नगरपालिकाले गर्ने

पर्वत। किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा फलेवास नगरपालिकाले लिने भएको छ। किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउने उद्देश्यले बिक्री नभएको सबै कृषिजन्य वस्तुको जिम्मा नगरपालिकाले लिने नगर प्रमुख पदमपाणि शर्माले बताए। “किसानले बिक्री गर्न नसकेका अन्नबाली, तरकारी, दूध र अण्डा नगरपालिकाले किन्छ” उनले भने, “नगरभित्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री […]

व्यावसायिक बन्दै अल्लो खेती

सल्लेरी। सोलुखुम्बुको एक सहकारीले व्यावसायिक अल्लो खेती सुरु गरेको छ । महाकुलुङ–३ छेस्काममा रहेको महाकुलुङ गरिबी निवारण कृषि सहकारी संस्था लिमिटेडले ८३ रोपनी क्षेत्रफलमा अल्लो खेती सुरु गरी गाउँमा नै प्रशोधन सुरु गरेको हो । सहकारीले अल्लो खेतीबाट गत आर्थिक वर्षमा ३६ लाख बढी आम्दानी गरेको पनि जनाएको छ । अल्लो खेतीमा स्थानीयको आकर्षण बढेपछि […]

तरकारीमा वार्षिक ५५ करोडको विषादी प्रयोग

पोखरा। नेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुनेगरेको तथ्य सार्वजनिक भएको छ । बाली संरक्षण निर्देशनालयका निर्देशक अच्यूतप्रसाद ढकालका अनुसार नेपालमा वार्षिक ५९ करोड बराबरको बिषदी खपत हुने गरेको छ । जसमध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको हो । ढकालले सन २०१५/१६ मा ५ सय ७५ टन बिषादी खपत […]

सौर्य ऊर्जाबाट थोपा सिँचाइ

बनियानी । झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई अनुदानमा थोपा सिँचाइ प्रविधि उपलब्ध गराउने तयारी भइरहेको छ । “विशेष गरी […]

नुवाकोटमा सवा अर्बको आलु उत्पादन

नुवाकोट। कृषिमा आत्मनिर्भर नुवाकोटले आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यस वर्ष नुवाकोटमा एक अर्ब ११ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । एउटै गाउँबाट २५ करोड रुपैयाँको आलु बिक्री भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । पहाडी संरचना रहेको उर्वरभूमि नुवाकोटका किसान पछिल्लो समय समय आलुखेतीको आकर्षित भएका छन् […]

मेलम्चीपछि काठमाडौंमा याङ्ग्री र लार्के खोलाको पानी

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको खानेपानी समस्यालाई ध्यान दिँदै मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनाएको छ। पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा आगामी असोज महिनाभित्र पानी वितरण गर्ने योजना बनाएको सरकारले मेलम्ची दोस्रो चरण निर्माणका लागि आवश्यक पक्रिया थालनी गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी दैनिक १७ करोड लिटर काठमाडौं उपत्यका भित्रयाउने […]

पाँच रुपैयाँ प्रतिकेजीमा पनि बिकेन आलु

कालिकोट। तिलागुफा नगरपालिका–३ फाइमहादेवका किसानले उत्पादन गरेको सयौं क्विन्टल आलु घरमै थन्किएको छ। खरिद गर्ने व्यापारी नआउँदा आलु घरम थन्किएको हो। करिब चार सय घरधुरी रहेको यो फाइमहादेव गाउँका प्रतिघर तीनदेखि ५० क्विन्टलसम्म आलु उत्पादन भएकाले बजारमा अभाव भएको स्थानीय अगुवा किसान भक्तिप्रसाद पाण्डेले बताए। यसका साथै आयतित आलुले बजार पाउँदा गाउँमै उत्पादन भएको अर्गानिक […]

प्रदेश–७ मा एक अर्बको बजेट, कृषिलाई प्राथमिकता

धनगढी। प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आइतबार प्रदेशसभाको बैठकमा चालू आर्थिक वर्ष २०७४-७५ कोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका छन् । कूल विनियोजितमध्ये चालूतर्फ ३० करोड सात लाख ७७ हजार, पूँजीगततर्फ १५ करोड ५७ लाख र अर्थ विविध शीर्षकमा ५६ करोड ४० […]

जेठ ५ बाट यार्सा टिप्न प्रवेश खुला

मुगु। मुगुका वनमा पाइने बहुमूल्य बुटी यार्सागुम्बा सङ्कलनका लागि यस वर्ष जेठ ५ गतेबाट प्रवेश खुल्ला गरिने भएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले यो वर्ष जेठ ५ गतेबाट यार्सा सङ्कलन गर्न वन प्रवेश खुल्ला गर्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाका अनुसार यार्सागुम्बा सङ्कलनका लागि मुगुवासीलाई प्रतिव्यक्ति एक हजार […]

जडीबुटी प्रशोधन उद्योग स्थापना

इलाम। इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थोपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गरेका हुन् । उक्त उद्योगमा वनमा खेर गइरहेका […]