समाचार

घाटामा चलेको संस्थालाई सहयोग नगर्ने कृषि मन्त्री खनालको उद्घोष

काठमाडौं। कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनालले घाटामा चलेको संस्थालाई नबचाउने उद्घोष गरेका छन् । बिहीबार दुध वितरण आयोजना (डिडिसी) विराटनगरको दुध उत्पादनको अनुगमन गर्ने क्रममा पत्रकारहरुसँगको भेटमा उनले घाटामा गएको संस्थालाई नबचाउने बताए । पत्रकारहरु सामु उनले भने,‘संस्था भित्र भ्रष्टाचार, अनियमितता र खरिदमा पारदर्शिता छैन भन्ने गुनासो आइरहेको छ,’ उनले भने ‘शुरुमा संस्थाहरुलाई […]

चितवनमा बर्डफ्लु भेटियो,चिकित्सकले गरे पुष्टि

 चितवन। चितवनमा बर्डफ्लु भेटिएको छ । खैरहनी नरगपालिका ९ सुर्तनीका स्थानीय किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मेरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिए । चौधरीले एउटै फर्ममा १५ सय लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि […]

नक्कली मह बेच्ने भारतीय पक्राउ

नेपालगञ्ज। बाँकेमा नक्कली महको कारोबार अत्यधिक बढेको पाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले लामो समयदेखि नक्कली महको कारोबार गर्दै हिँड्ने दुई जना भारतीयलाई ठूलो परिमाणको नक्कली महसहित पक्राउ गरेपछि सो खुलासा भएको हो । प्रहरीले उनीहरूको साथबाट ६२९ लिटर गुणस्तरहीन मह बरामद गरेको जनाएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ९ झन्डहवाबाट अवैध रूपमा […]

प्रतिकिलो एक रुपैयाँमा पनि बिकेन गोलभेँडा

कञ्चनपुर। ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताउनुहुन्छ । “एक रुपैयाँमा बिक्री […]

कृषि व्यवसाय गर्ने युवालाई ७० प्रतिशत अनुदान

काठमाडौं। कृषि व्यवसाय गर्ने युवालाई ७० प्रतिशत अनुदान दिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले घोषण गरेका छन् । स्वदेशमा नै रोजगारी सृजना गरी युवा जनशक्तिको विदेश पलायन रोक्न तथा स्वदेशमै युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न उक्त कार्यक्रम ल्याउने उनले बताएका छन् । इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा गरेको […]

सवा करोड लगानीमा कृषि फार्म, एउटै बाख्राको मूल्य साढे ४ लाख

झापा। पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् । उनले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पालेका छन् । हाल उनको फर्ममा १३७ वटा बाख्रा छन् । […]

जग्गा प्लटिङ रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ नगर्न आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर प्लटिङ नगर्न आदेश दिएको हो। मन्त्रालयले २०७४ साल साउन २७ गते जग्गा कारोबार गर्ने व्यक्ति, फर्म, […]

कालिमाटी तरकारी बजार कब्जा गर्नेलाई हटाउँदै सिण्डिकेट तोडिन्छ:मन्त्री खनाल

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तरकारीमा रहेको सिण्डिकेट समाप्त पार्ने बताउनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले दलालहरुले कृषकको बारिबाटै सुरु गर्ने तरकारीको सिण्डिकेट तोडेरै छाड्ने बताउनुभएको हो । तरकारीमा देखिएको सिण्डिकेट अन्त्य गर्न कृषि खेती नगरी काठमाडौंको कालिमाटी तरकारी बजार कब्जामा लिनेलाई हटाइने […]

भारतबाट आउने पशुपंक्षीजन्य उत्पादन रोक्न माग

चितवन। भारतीय सीमावर्ती क्षेत्रबाट सहज रुपमा पंक्षीजन्य पदार्थहरु नेपाल भित्रिने गरेकाले यसको नियन्त्रण गर्न व्यवसायीहरुले माग गरेका छन् । भारतीय सीमा जोडिएका पूर्वी तराई तथा पश्चिम तराईका जिल्लाहरुबाट कुखुराजन्य उत्पादनहरु सहज रुपमा नेपाल भित्रिदा यसले विभिन्न रोगको संक्रमण बढाउन सक्ने व्यवसायीहरुले बताएका हुन् । भरतपुरमा आयोजना गरिएको पशु क्वारेनटाइन समन्वयबारे अन्तरक्रिया गोष्ठीमा पोल्ट्री व्यवसायी मञ्चका […]

किसान पेन्सन लागु गर्ने कृषिमन्त्रीको उदघोष

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिण्डिकेट आफूले तोड्ने स्पष्ट पारेका छन् । ‘कृषकहरुलाई फाईदा हुनेगरि म कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ,’ मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सिण्डिकेटबारे हामीले केही गर्नै पर्दैन्, कालिमाटी बजार अहिले जुन रुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता […]