समाचार

अब अदुवा निकासीमा पनि कर

भद्रपुर। इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् । आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले ५ हजार रुपैयाँ निकासी करका रुपमा असुल गरेको हो । […]

बल्खु तरकारी बजारमा संचालित अधिकांश पसल अवैध

ललितपुर। बल्खु तरकारी तथा फलफूल बजारका अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको छ । प्यान दर्ता गरेर पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा खुलेको हो । विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनका क्रममा अधिकांश पसल प्यान दर्ता बिनै सञ्चालन गरेको पाइएको […]

पर्वतमा पनि दुर्इ जिल्ला हेर्ने कृषि ज्ञानकेन्द्र

पर्वत । कृषकलाई सहयोग पुर्याउने उद्देश्यले पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको पर्वत र बागलुङ जिल्ला कार्यक्षेत्र तोकिएको छ । पुरानो कृषि विकास कार्यालयमा नयाँ नामसहित […]

भैसी पालेरै अनुकरणीय बन्दै माइला

पोखरा। रोजगारीका लागि दैनिक ठूलो सङ्ख्यामा युवा विदेशिरहेको अहिलेको अवस्थामा यहाँका एक युवा भने सबैका लागि अनुकरणीय बन्नुभएको छ । पोखरा महानगरपालिका– ३३ सुतार्नेका माइला नामले परिचित ४० वर्षीय नीलबहादुर गुरुङ आफ्नो विदेश बसाइँका अनुभव समाल्दै व्यावसायिक भैँसी पालनमा जुट्नुभएको हो । रोजगारी खोज्दै जापानसम्म पुगेका उहाँलार्ई त्यहाँको परिवेशले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने पाठ […]

हलिया पुनःस्थापना कार्यक्रमको अनियमितताका बारेमा छानबिन शुरु

डडेल्धुरा। डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ । हलिया पुनःस्थापना कार्यक्रममा भएको अनियमितताका बारेमा भूमिसुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको टोलीले डडेल्धुरा पुगेर छानबिन शुरु गरेको हो । जिल्लामा मुक्तहलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्नुका साथै […]

कालिमाटी बजार अनुगमन पश्चात तरकारीको मूल्यमा २० प्रतिशतले कमी

काठमाडौं। बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म मूल्य तिर्न बाध्य भएको भन्ने […]

ताप्लेजुङमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प

ललितपुर। ताप्लेजुङमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । बिहीबार साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाकारी दिए। यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को पराकम्प नभई भूकम्प नै भएको उनले बताए। ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना […]

अर्नाको प्रजाति विस्तारमा निकुञ्जलाई अर्को सफलता

रत्ननगर । कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्को सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्को बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो । अर्नाले पाडो जन्माएको बिहीबार फेला […]

लमजुङमा कृषि ज्ञान केन्द्रसँगै भेटेरिनरी अस्पताल स्थापना

लमजुङ। गण्डकी प्रदेश भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहातमा लमजुङमा दुई वटा कार्यालय बिहीबारबाट सञ्चालनमा आएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरेका हुन् । उनले नवस्थापित कार्यालयको उद्घाटन गर्दै प्रदेश सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने प्रतिनिधिमूलक […]

रानी खेत रोग के हो ?

यो पारामिकसो प्रजातिको भाइरस को कारण हुने रोग मानीन्छ । भारतमा यो रोग सर्वप्रथम उत्तरान्चल को रानीखेत भन्ने ठाउँमा पहिचान भएकोले रानीखेत रोग नामारण गरीएको अभिलेख पाइन्छ । यो रोग संक्रमीत दाना पानी भाडा कुडा जंगली चराहरुको माध्यवाट फैलीन्छ । रानीखेतका लक्षणहरु : रानीखेत रोगले श्वास प्रणली र स्नायुप्रणली प्रभावित भै कुखुराले सास फेर्न कठिनाई […]