समाचार

झण्डै २ करोडको लागतमा मह प्रशोधन गृह निर्माण

तुलसीपुर। जिल्लामा पहिलो पटक रू। १ करोड ९३ लाख २१ हजारको लागतमा मह प्रशोधन गृह निर्माण गरिएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदानमा मह सङ्कलन, प्रशोधन र बजारीकरण उप–आयोजनाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मा सो प्रशोधन गृह निर्माण गरिएको हो । सो प्रशोधन गृहमा १ सय ९ मेट्रिक टन मह सङ्कलन गर्न […]

६ रुपैयाँको अण्डालाई उपभोक्ता १५ रुपैंया तिर्दै

चितवन। किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अण्डा खरीद गर्छन् । त्यही अण्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ […]

दूध बिक्रीबाटै ५० लाख

म्याग्दी। बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् । दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् । आव २०७४/७५ मा यहाँका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ लिटर दूध बिक्री गरेको सो सहकारीका व्यवस्थापक कोपीलाल पौडेलले जानकारी दिए । यहाँको दूध सहकारीले […]

चालू आवमा ५१ कृषि ज्ञान केन्द्र स्थापना गरिने

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष ०७५/७६ मा ५१ वटा कृषि ज्ञान केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । चालू आवको बजेटले नै निर्धारण गरेको कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले ‘नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका बुँदाहरूको कार्यान्वयन निर्देशिका’ जारी गर्दै ज्ञान केन्द्र स्थापनाको लक्ष्य राखेको हो । अहिलेसम्म पर्वत र म्याग्दीमा दुईवटा […]

बधशाला र मिटमार्ट निर्माण गरिने

दाङ। तुलसीपुर उपमहानगरपालिकामा चालू आवमा आधुनिक बधशाला र मिटमार्ट निर्माण गरिने भएको छ । रु चार करोडको लागतमा बधशाला र मिटमार्ट निर्माण गरिनेछ । सो कार्यका लागि प्रदेश सरकारले रु दुई करोड तथा तुलसीपुर उपमहानगरपालिकाले रु दुई करोड विनियोजन गरेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । बधशाला र मिटमार्ट निर्माणपछि लामो समयसम्म मासु भण्डारण […]

किसानलाई मल दिन बजेट छैन : कृषिमन्त्री

काठमाडौं। कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले बजेटको अभावमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्न नसकिएको स्पष्टिकरण दिएका छन्। मुलुकमा मलको अभाव भइरहँदा मन्त्री खनालले बजेटको अभावका कारण त्यसको उचित व्यवस्था गर्न नसकिएको स्पष्टिकरण दिए। बुधबार प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले तत्कालका लागि ५ लाख मेट्रिक टन मलको अभाव भएपनि सरकारसँग […]

खाद्यको पहुँचबाट वञ्चित गराए १० वर्षसम्म कैद

काठमाडौं। किसानले अब आफ्नो पहिचान र सम्मान पाउने भएका छन् । खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक’ मा प्रत्येक किसानले आफ्नो पहिचान र सम्मान पाउने व्यवस्था पहिलो पटक गरेको हो । विधेयकको दफा १३ मा भनिएको छ, “किसानको वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र वर्गीकरणका आधारमा सरकारबाट प्राप्त हुने सहुलियत, छुट तथा सुविधा उपलब्ध गराइनेछ […]

करिब १ लाख मोहीले मात्रै दिए निवेदन !

ललितपुर। करिब १ लाख जनाले भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मोहीयानी हक दाबीका लागि निवेदन दिएको पाइएको छ । २ वर्षको अवधिमा ९९ हजार २ सय ३७ जनाले मोहीयानी हक दाबीका लागि निवेदन दिएका हुन् । मन्त्रालयले भदौ ४ गतेसम्म मोहीयानी हकदाबीका लागि निवेदन दिन आव्हान गरिएको थियो । उक्त अवधिसम्मपनि अपेक्षा अनुसार […]

मनाङमा नयाँ प्रविधिबाट स्याउ उत्पादन

मनाङ ।  नेपालमै स्याउको उत्पादन बढाउने उद्देश्यका साथ मनाङमा दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फारम बनाउन कृषकहरू लागिपरेका छन्। नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटी एप्पल फर्म’ सुरु गरेको एग्रो मनाङले नयाँ प्रविधिबाटै स्याउ उत्पादन गरिरहेको छ। नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटी एप्पल फार्म’ शुरु गरेको मनाङको एग्रो मनाङ स्याउ फार्मका कामदारहरू यतिवेला […]

कृषकले युरिया मल पाएनन्

चितवन। चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् । चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने […]