विरगंज। शिवम् न्युट्रिप्रो प्रा.लि. विरगंजले नेपालमै पहिलो पटक व्यवसायिक रुपमा साईलेजको उत्पादन शुरु गरेको छ ।

पश्चिमा मुलुकमा धेरै पहिलेदेखी नै प्रयोगमा आएको साइलेज नेपालमा भने कागज र कुरामा मात्र सिमित रहेको थियो । लामो प्रयासपछि कम्पनीले  उत्पादन उत्पादन सहित बजारमा वितरण सुरु गरेको छ ।

साइलेज भनेको एनएरोविक वातावरणमा उच्च कार्बोहाइड्रेट युक्त घाँसलाई करिव एक देखि डेढ वर्षसम्म सुरक्षित राख्न मिल्ने गरी बनाइएको गाई वस्तुको भोजन हो । जसलाई ४० दिन राखिसकेपछि गाइवस्तुलाई खुवाउन सकिन्छ ।

साइलेज लामो समय सुरक्षित राखि हरियो घाँस उपलव्ध नभएको समयमा पशुवस्तुलाई खुवाउन मिल्ने भएकोले किसानका लागी कम खर्चिलो र गाईवस्तुलाइ सधै पोषिलो घाँस पुर्याउन मद्दत पुग्छ ।

साइलेजमा १२ देखि १६ प्रतिशतसम्म प्रोटिन हुन्छ भने प्रोपायोनिक एसिड, व्युटायरिक एसिड र ल्याक्टिक एसिड पनि प्रयाप्त मात्रामा हुन्छ । कम्पनीले अहिले परालको कुटीकै मुल्यमा मकैको साइलेज उत्पादन गरिरहेको छ र छिटै मुल्य घटाएर सहज र सुलभ रुपमा बजारमा बितरण गर्ने तयारीमा छ ।