समाचार

न्यूनतम मापदण्ड विपरीत पानी उद्योग सञ्चालन

काठमाडौँ। अधिकांश पानीका उद्योगले खानेपानी उत्पादनमा न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ । खानेपानीमन्त्री बीना मगरको नेतृत्वमा शनिबार भएको अनुगमनको क्रममा त्यस्तो पाइएको हो । मन्त्री मगर, मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, मन्त्रालयका प्राविधक सहितको छवटा छुट्टाछुट्टै अनुगमन टोलीले शनिबार उपत्यकाका फरक–फरक ठाउँका ४० वटा पानी उद्योगको अनुगमन गरेको हो । अनुगमनका अधिकांश पानी उद्योगका […]

तरकारी बेचेरै मासिक २ लाख आम्दानी ,७ जनालाइ रोजगारि

गुल्मी। पछिल्लो अवस्थामा स्वदेशमा रोजगारी भएन भन्दै बिदेसिने युवाहरूको संख्या ह्वात्तै बढिराखेको समयमा गुल्मीका एक युवाले नेपालमै गरे के हुँदैन र ! चाहे सुन पनि नेपालमै फलाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन्। जिल्लाको रेसुंगा नगरपालिका- १० सिमिचौरका ४० वर्षीय विनोद कुँवरले व्यावसायिक कृषि गरेर मासिक दुई लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्। कुँवरको छ जनाको […]

अण्डाको मूल्य बढ्यो, कृषकलाई राहत उपभोक्तालाई हैरानी

चितवन। अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन । नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २६० र मध्यमको रु १८० रहेको […]

मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखी २० लाखसम्म ऋण लिन सकिने

ललितपुर। अबदेखि मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर २० लाखसम्म ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले भदौ २० गते एकीकृत निर्देशन २०७५ जारि गर्दै आयमुलक क्रियाकलापलाई प्रोत्साहित गर्न मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर २० लाखसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो। व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक […]

डिजेल उत्पादन गर्न प्रयोग गरिने सजिवन खेर जाँदै

कञ्चनपुर। डिजेल उत्पादन गर्न प्रयोग गरिँदै आएको सजिवन वनमा खेर जान थालेको छ । शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण र वसन्त सामुदायिक वनमा रोपिएको सजिवन प्रशोधनबारे जानकारी नहुँदा खेर जान थालेको हो । सजिवन फल डिजेल उत्पादनका लागि ‘क्रिष्टल वायो इनर्जी नेपाल’ कम्पनीसँगको साझेदारीमा सात वर्षअघि ती सामुदायिक वनमा रोपिएको हो । सजिवन उपयोगमा आउन नसक्दा वनमै […]

रातो सूचीमा परेका कालिमाटी तरकारी बजारका ६ व्यवसायी हटाइए

ललितपुर। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा परेका ६ जना व्यवसायीलाई हटाएको छ। मंगलबार बसेको बोर्ड बैठकले समितिले सोधेको स्पष्टिकरण नबुझाउने ६ जनालाई हटाउने निर्णय गरेको हो। व्यवसायीहरु मोहम्मद जुनैद, इसराफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र बिष्णुकुमार बस्नेतलाई बजार क्षेत्रबाट हटाइएको हो। रातो सूचीमा परेका बाँकी ९२ जना व्यवसायीले […]

कृषकलाई १० लाखसम्म अनुदान दिइने

बुटवल। प्रदेश ५ सरकारले किसानलाई प्रोत्साहन गर्ने गरी अनुदानका कार्यक्रम ल्याउने भएको छ । किसानलाई चारदेखि १० लाख रुपैयाँ अनुदान दिने गरी कार्यक्रम ल्याउने तयारी गरेको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ वटै जिल्लामा अनुदानका कार्यक्रम सञ्चालन गर्ने कार्यविधि बनाएर संसदीय समितिहरूमा छलफलका लागि पठाएको छ । संसद्का समितिमा छलफल गरी कार्यविधिलाई केही दिनमा […]

चिया मजदुर न्यूनतम पारिश्रमिकबाटै वञ्चित

झापा। यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र […]

बुटवलमा कृषकलाई बाल्टी उपहार

बुटवल। बुटवल उप–महानगरपालिकाले कृषकलाई बाल्टी वितरण गरेको छ । किसान लक्षित कार्यक्रमअन्तर्गत उपमहानगरपालिका– १४ का ग्रामीण भेगका कृषकलाई बाल्टी उपलब्ध गराइएको हो । सो वडाका भेलभरिया, उजेलापुर, विनायकपुरलगायत टोलका झण्डै १०० किसानलाई उपप्रमुख गुमादेवी आचार्यले बाल्टी हस्तान्तरण गर्नुभयो । ‘गोठदेखि ओठसम्म सफा दूध’ सङ्कल्पलाई साकार पार्न उहाँले किसानलाई आग्रह गर्नुभयो । समृद्धिका लागि कृषि र […]

रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो

एजेन्सी। चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले जनाएको छ । विश्वको सबैभन्दा धेरै सुँगुर उत्पादक राष्ट्रका विभिन्न भागमा अफ्रिकन स्वाइन फेभरको प्रकोप देखिएपछि रोग नियन्त्रणका लागि उक्त उपाय अवलम्बन गरिएको हो । उक्त रोगको समस्या चीनका विभिन्न पाँच […]