समाचार

कृषि ब्यवसाय गर्न ऋण चाहियो ? एनएमबी बैंकले धितो नभएपनि दिने भयो यी ७ प्रकारका कर्जा

काठमाडौं। एनएमबि बैंक लिमिटेडले बचतकर्ता र साना व्यवसायीलाई लक्षित आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी ८ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने र त्यसको व्याजदर सस्तो हुने जनाएको छ । त्यस्तै, एक हजार रुपैयाँ बचत गरी खोलिने सरल बचत खातामा ७ प्रतिशत व्याजसहित बचतकर्ताको १० लाख रुपैयाँ बीमा हुने […]

मन्त्रीको स्प्रिटमा काम गर्न नसके जिम्मेवारीबाट बाहिरनुस : मन्त्री खनाल

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले मातहतका कर्मचारीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । मन्त्रालय मातहतको योजना तथा विकास सहायता समन्यय महाशाखाको प्रथम चौमासिक समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले हरेक निकायलाई परिचालन गरी कामको गति बढाउन निर्देशन दिएका हुन् । मन्त्रालयबाट सोचेअनुसारको प्रगति हुन नसकेकोमा असन्तुष्टि जनाउदै मन्त्री खनालले विभागीय प्रमुखहरुलाई काम […]

‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य

बाँके। सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ । प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन […]

तालिम लिने सोचमा हुनुहुन्छ, नार्कमा सम्पर्क गर्नुहोस

ललितपुर। सीप नभएका, तर काम गर्ने इच्छा शक्ति भएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ हालै स्वीकृत गरिएको छ । जाँगरिला, इच्छुक र बेरोजगार युवालाई व्यवसायिक किसान बनाउने कृषि सम्बन्धि तालिम दिन लागेको हो । बेरोजगार युवालाई कृषिमा गोलबद्ध हुन आग्रह गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले २३ प्रकारका आवासीय तालीम […]

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो

ललितपुर। काठमाडौँसहित मुलुकका सबै क्षेत्रमा जाडो बढ्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद सुजन सुवेदीले सोमबार काठमाडौँ उपत्यकामा यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको जानकारी दिए । उनका अनुसार सोमबारको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार काठमाडौँमा अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस […]

सुदूरपश्चिममा रासायनिक मलको हाहाकार

डोटी। सुदूरपश्चिम प्रदेशमा रासायनिक मलअभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा मलको मौज्दात सकिएपछि यस क्षेत्रमा मलखाद अभाव देखिएको हो । सुदूरपश्चिम प्रदेशमा सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी यी दुई कम्पनीले […]

उदयपुरमा खाना मेला शुरु

गाईघाट। उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आइतबारदेखि खाना मेला (फुड फेस्टिबल) शुरु भएको छ । जिल्लाभित्र रहेका विभिन्न जाति तथा जनजातिसँग सम्बद्ध संस्कृति र परम्परागत खानाको परिकारलाई मेला तथा महोत्सवमार्फत बजारीकरण गर्न र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव शुरु गरिएको जिल्ला होटल व्यवसायी सङ्घ सहयोगी नेवाःपुच उदयपुरले जनाएको छ । जिल्लाको सदरमुकाम गाईघाटमा प्रदेश नं १ […]

आधा मूल्यमै उखु बेच्न बाध्य

सर्लाही। गत वर्षको उखुको भुक्तानी बाँकी नै रहेका बेला सर्लाहीका किसान यस वर्ष स्थानीय क्रसर उद्योगलाई उखु बेच्न थालेका छन् । एक त उखु बेच्न चलान लिन महाभारत, अर्को तिर भुक्तानी लिन बर्षौं कुर्नुपर्ने बाध्यताका कारण क्रसर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । पुस लाग्दासम्म पनि चिनी मिल खुल्ने टुङ्गो नलागेको, चिनी मिल खुले […]

स्वदेशकै व्यवसायमा रम्दै युवा

विदुर। चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्र्र्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहनुभएका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गर्नुभएका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आइप¥यो […]

उन्नतिबाट किसान लाभान्वित

इलाम। कृषि क्षेत्रमा किसानलाई सहुलियत प्रदान गर्ने उद्देश्यले पूर्वका सात जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाबाट इलामको चिया क्षेत्रमा लागेका किसान लाभान्वित भएका छन् । उन्नतिले चियाको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा सहयोग गरेपछि इलामका चिया किसानलाई धेरै फाइदा पुगेको सरोकारवालाले बताएका हुन् । पाँच वर्षअघि उन्नतिले इलाममा १०० चिया उद्योगमा ४३ लाख २९ हजार ७४ हजार […]