काठमाडौं। नेपालमा कुखुरामा लाग्ने रोग बर्डफ्लु नियन्त्रणको भ्याक्सिन बन्ने भएको छ ।

व्यवसायिक घराना गोल्छा अग्रनाजेशनले बर्डफ्लु नियन्त्रणको भ्याक्सिन नेपालमा बनाउने घोषणा गरेको हो । गोल्छा अग्रनाइजेशन र भारतको हेस्टर बायोसाइसेन्स इन्डिया लिमिटेडको सयुक्त लगानीमा काभ्रेको नाला उग्रचण्डीम स्थापना भएको हेस्टर बायोसाइसेन्स नेपाल प्रालिले बर्डफ्लुको भ्याक्सिन बनाउने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितीमा उद्योगको उद्घाटन अवसरमा कम्पनीका लगानीकर्ता समेत रहेका उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बर्डफ्लु नियन्त्रणको भ्याक्सिन उत्पादन गर्ने बताए ।

उनले अहिले उद्योगले उत्पादन गर्ने भ्याक्सिन ९० प्रतिशत निर्यात हुने भन्दै यसले शोधानान्तर घाटालाई कम गरेको बताए ।
उद्योगको उद्घाटन गर्न काभ्रे पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब निर्यातमुखी उद्योग सुरु गर्न निजी क्षेत्रलाई आग्रह गर्दै नेपालमा विदेशी लगानी गर्न आउन आह्वान गरे । त्यसैगरी कार्यक्रममा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले खतिवडाले नेपालमा उद्योगमैत्री वातावरण भन्दै विदेशी भित्राउन निजी क्षेत्रलाई आग्रह गरे । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको उनले बताए ।

उद्योगले उच्च प्रविधिको प्रयोग गरेर भ्याक्सिन उत्पादन गरेको छ । कम्पनीले २० भ्याक्सिन उत्पादनको लाइसेन्स पाएको छ ।