ललितपुर। रष्ट्रिय किसान आयोगले तत्काल फलफूल तथा तरकारी बजार विस्तार गर्न सरकारलाई सुझाव दिएको छ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले ५ वर्षभित्र कृषिमा दोब्बर उत्पादन गर्ने लक्ष्य लिएको सरकारले फलफूल तथा तरकारी बजारको उचित व्यवस्थापन गर्न ढिलो गर्न नहुने स्पष्ट पारेका हुन्।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २५औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, जनसंख्या बढ्दै गएकाले कालिमाटी फलफूल तथा तरकारी बजारको विस्तार पनि तत्काल गर्नुपर्ने आवश्यकता छ।

कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको असार समान्तसम्मको खुद मुनाफा ३ करोड ७८ लाख ४० हजार रहेको पनि जानकारी गराइएको थियो।