समाचार

सरकारद्वारा साना किसानको ऋण मिनाहा

ललितपुर। सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो । विहीबार सरकारले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले साना किसानको ऋण सरकारले तिरिदिने उद्घोष गरेका हुन् ।

चरणबद्ध रुपमा ठगिन्छन् कुखुरा पालक किसान

ललितपुर। कुखुरामा नेपाल आत्मनिर्भर भएको दावी गरिन्छ । त्यही कारण कुखुरा व्यवसायलाई प्रवद्र्धन गर्न आर्थिक अनुदान र प्रवद्र्धनका कार्यक्रमहरु बजेटमार्फत ल्याउने गरिएको छ । कुखुरा व्यवसायमा मुख्यतः तीन कर्ता (एक्टर्स) संलग्न छन् । कुखुरा किसान, कुखुरा व्यवसायी र कोल्डस्टोर । कुखुरा क्षेत्रको मेरुदण्ड भनेकै कुखुरा किसान हो, जसले कुखुरा पाल्छ । तर तिनै किसान माथि […]

चियाखेतीको पनि बीमा

काठमाडौं। किसानले अब चियाखेतीको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले ‘चियाखेती बीमालेख’ लागू गरेपछि किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिको सञ्चालक समितिले बुधवार नै उक्त बीमालेखलाई पारित गरिसकेको छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण […]

मुख्यमन्त्री नमुना कृषि कार्यक्रमलाई १० करोड ८० लाख

पोखरा। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु गर्ने तयारी गरेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले योजना लागु गर्न सूचना निकाल्ने र गाउँ छनोट गर्ने प्रक्रिया अगाडि बढाउन लागेको हो। प्रदेशको कृषि क्षेत्रको दिगो विकासको लागि स्थानीय श्रोत साधनको उचित व्यवस्थापन […]

चार हजार तीन सय विपन्न कृषकलाई बिना धितो ऋण दिइने

ललितपुर। विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा  हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत […]

चार गाउँपालिका जडीबुटीको पकेट क्षेत्र

गोरखा। गोरखाका चार गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ । गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो । जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको उक्त कार्यालयका प्रमुख […]

खाद्यको चामल, मुसाको आहारा !

जाजरकोट। नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्ने राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा चामलको बोरा मुसाले काटेपछि समस्या उत्पन्न भएको हो । डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन नहुँदा दैनिक समस्या हुँदैआएको छ । अहिले मौज्दात रहेको चामल राख्न भण्डारणको अभाव छ । सानो कच्ची, ठाउँठाउँमा भत्किएको […]

बैतडीमा बाँदर आतङ्क

बैतडी। बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका- ४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका -५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए । बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र […]

ओखर बगैंचा स्थापनाको तयारी

बैतडी। फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैंचा स्थापना गरिने भएको छ । बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैंचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । ओखरका बिरुवा ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध […]

प्रांगारिक कृषि प्रवर्द्धन अभियान सुरु

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँचवर्षे प्रांगारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम कार्यान्वयन कार्यविधि सञ्चालनमा ल्याएको छ । कृषिजन्य वस्तुको उत्पादनदेखि बजार प्रवद्र्धनमा सघाउन प्रांगारिक कृषि प्रवद्र्धन अभियान सुरु गरेको कृषि विभागका उप–महानिर्देशक प्रकाश सञ्जेलले बताए। ‘अर्गानिक वस्तुको प्रयोग गर्त उपभोक्ता आकर्षित छन्,’ सञ्जेलले भने, ‘उपभोक्ताको माग अनुसार ढुक्कसँग प्रयोग गर्ने सर्टिफाइड वस्तु उत्पादन गर्ने […]