समाचार

गाउँपालिकाले खोले तरकारी बिक्री केन्द्र

पोखरा। स्याङ्जाको फेदीखोला र आँधिखोला गाउँपालिकाका किसानले उत्पादन गरेको कृषि उपज अब सिधै पोखरेली बजारमा जाने भएको छ । गाउँपालिकाले कृषि उपज बिक्रि वितरणको लागि व्यवस्था मिलाउन पोखराको बिरौटामा तरकारी संकलन तथा बिक्री केन्द्र सोमबारदेखि सञ्चालनमा ल्याए पश्चात उक्त गाउँपालिकामा उत्पादित कृषि उपज सिधै पोखरको बजारमा जाने भएको हो। ‘गाउँका अर्गा्निक तरकारी सिधैं पोखरा ल्याएर […]

कुखुरापालक किसान आन्दोलित, सरकारले ठूला व्यवसायीसँग मिलेर शोषण गरेको आरोप

चितवन। सरकार, ठूला व्यवसायी र दाना कम्पनीको चेपुवामा परेको भन्दै साना कुखुरापालक किसानहरु आन्दोलित भएका छन् । चितवनमा कार्यालय रहेको नेपाल कुखुरापालक किसान संघले सरकारले माग सम्बोधन नगरे पुस १ गतेदेखि चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। संघले गत कात्तिक १८ गते गरेको पहिलो चरणको शान्तिपूर्ण आन्दोलन गर्दा त्यसलाई बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलन गर्न […]

१७ करोडको स्याउ निर्यात

जुम्ला। जुम्लाबाट १७ करोडबराबरको स्याउ निर्यात भएको छ । यहाँका व्यापारीले १७ करोड बढीको स्याउ बाहिरी जिल्लामा निर्यात गरेका हुन् । यो वर्ष स्याउ बेचेर जिल्लाका कृषकले पाँच हजारदेखि १० लाखसम्म आम्दानी गरेका छन् । जिल्लामा झन्डै ३४ सय टन स्याउ उत्पादन भएको थियो । अहिलेसम्म २३ सय टन बढी स्याउ निर्यात भइसकेको छ । […]

प्रदेश नंं १ मा १२ लाख ४१ हजार ६३९ मेट्रिक टन धान उत्पादन

विराटनगर। पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६.३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा धान लगाइएको […]

५० रोपनीमा कालो सुन अर्थात् अलैँची खेती

जाजरकोट। नेपालमा पूर्वी पहाडबाट शुरु भएको कालो सुन नामले परिचित अलैँची खेतीमा जाजरकोटका कृषकको आकर्षण देखिएको छ । किसानको उत्साह र लगनशीलतालाई ध्यान दिँदै स्थानीय सरकारले किसानमुखी कार्यक्रम ल्याएर जीवनस्तर उठाउने अभियानमा लागेका छन् । कृषिप्रधान देशमा कृषिमुखी कार्यक्रम चलाउन सकिए मात्र किसानको आर्थिक जीवनस्तर माथि उठ्न सक्ने भेरी नगरपालिकाका नगरप्रमख चन्द्रप्रकाश घर्तीले बताए । […]

नयाँ शिक्षा प्रणालीमा कृषिलाई समावेश गर्न सुझाव

काठमाडौं। सरकारले तयार पार्न लागेको नयाँ शिक्षा प्रणालीमा आधारभुत बिषयको रुपमा कृषि क्षेत्रलाई पनि समावेश गर्न सरोकारवाला निकायले सुझाव दिएका छन्। शनिबार राजधानीमा आयोजित ‘कृषि प्रधान देशको शिक्षा र बढ्दो परनिर्भरता’ बिषयक अन्तरक्रियामा सहभागी भएका विज्ञहरुले आगामी २५ बर्षका लागि सरकारले तयार पार्न लागेको शिक्षा प्रणालीमा कृषिलाई समेट्न सुझाव दिएका हुन्। उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले […]

कृषिमा आधुनिक प्रविधि भित्र्याउने सम्झौता

ललितपुर। नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् । सम्झौता पत्रमा चेम्बरका […]

गुठीलाई प्राधिकरणमा लैजाने तयारी

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले भूमि व्यवस्थामा देखिएका समस्या समाधानका लागि ऐन तथा नियमको तर्जुमा भइरहेको बताएकी छिन् । काठमाडौंमा शनिवार आयोजित एक साक्षात्कारमा उनले कानून निर्माण नभएसम्म भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिने स्पष्ट पारिन् । उनले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी, जोखिमयुक्त क्षेत्रका बसोवासी, मोही र जमीनदारबीचको समस्यालाई वर्गीकरण गरी समस्या […]

राष्ट्रिय वाणिज्य बैंकको आह्वान–‘सहुलियत कर्जा लिन आउनुहोस’

ललितपुर। राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सहुलियतपूर्ण कर्जा प्रक्रियाका लागि बैंकहरूले विभिन्न कागजपत्र र कार्य अनुभव खोजिरहेका बेला सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक(आरबीबी)ले कर्जा लिन बोलाएको हो । ‘हामीसँग लगानी योग्य पुँजी छ’, आरबीबीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने ‘हामी […]

भूमि समस्या समाधानका लागि आयोग गठन गरिने : मन्त्री अर्याल

काठमाडौँ। सरकारले भूमिसम्बन्धी देखिएका विभिन्न समस्यालाई समाधान गर्न आयोग गठन गर्ने भएको छ । उक्त आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने अव्यवस्थित तथा जोखिमयुक्त बसोबासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान गर्ने र जमीनको वर्गीकरणलगायत विषयलाई समेट्ने छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले करीब तीन दशकअघिदेखि हालसम्म जमीनको भोगचलन गरी पूर्जा […]