समाचार

प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

रुपन्देही। प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले १२ जिल्ला हेर्ने गरी आठ जिल्लामा कार्यालय स्थापना गरेर […]

अण्डा सम्बन्धी मापदण्ड विभागसँग छैन, पानीमा डुब्यो भने ताजा डुबेन भने सडेको

काठमाडौं। कुखुराको अण्डा कति समयसम्म खानयोग्य हुन्छ ? यो जिज्ञासा तपाईमा पनि होला । तर यसको सही जवाफ पाउन मुस्किल छ । खाद्य वस्तुहरुको गुणस्तर मापन गर्ने र ती वस्तु खानयोग्य छन्/छैनन् भनेर यकिन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग पनि यसको ठोस जवाफ छैन । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता […]

धान धितो राखी ऋण लिन पाईने

बुटवल। बुटवल उपमनगरपालिकाले कृषकहरुको धान धितो राखेर ऋण दिने भएको छ । नगरपालिकाले पहिलो पटक कृषकको धान धितो राखेर ऋण दिने प्रक्रिया सुरु गरेको हो । कृषकले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारी मार्फत ऋण उपलब्ध गराइने छ । कृषकलाई ऋण प्रदान गर्न बिहीबार बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाबीच […]

कृषि विश्वविद्यालयमा सम्बन्धनको विषय पेचिलो बन्दै

ललितपुर। कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिएको विषय पेचिलो बन्दै गएको छ । एकातिर अदालतले निजी कलेजको भर्ना प्रक्रिया नरोक्न अन्तरिम आदेश दिएको छ भने अर्कोतर्फ सम्बन्धन खारेज गर्नुपर्ने माग राखेर विद्यार्थी तथा प्राध्यापकहरू आन्दोलनमा छन् । अदालतको अन्तरिम आदेशलाई पनि आ–आफ्नो अनुकूल व्याख्या भइरहेको छ । विद्यार्थी तथा प्र्राध्यापकहरूले कृषि शिक्षामा […]

चिया क्षेत्र घोषणा गर्न माग

विराटनगर। प्रदेश १ लाई चिया क्षेत्र घोषणा गरी चियाको समग्र विकास र विस्तारका लागि कार्यकारी अधिकारसहितको बोर्ड गठन गर्न सरोकारवालाले सुझाव दिएका छन् । विराटनगरमा आयोजित चियाँसँग सम्बन्धित सवाल, चुनौती तथा आगामी बाटो विषयक छलफल कार्यक्रममा सरोकारवालाले त्यस्तो सुझाव दिएका हुन् । नेपालमा उत्पादन हुने कुल चियाको ९० प्रतिशत हिस्सा प्रदेश १ मै हुने भएकाले […]

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

ललितपुर। पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ। उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी […]

रुपन्देहीका ब्रोइलर कुखुरा पालक किसान आन्दोलित

बुटवल। सरकारले कुखुरा पालक किसानको माग सम्बोधनमा चासो नदेखाएको भन्दै ब्रोइलर कुखुरा पालक किसानले बुटवलमा प्रदर्शन गरेका छन् । गएको मंसिर ५ गते विभिन्न मागसहित प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई नौं बुँदे ज्ञापनपत्र बुझाएका किसानले यसबीचमा मन्त्रालयले माग सम्बोधन गर्न चासो नदेखाएपछि मंगलबार सडकमा उत्रेर विरोध प्रदर्शन गरेका हुन् । मन्त्रालयले एक […]

उखु क्रसिङ वार्ता निष्कर्ष बिहिन

महोत्तरी। उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीबीच उखुको मूल्य र उखु क्रसिङ (उद्योगमा उखु पेल्न थाल्ने काम) बारे सहमति हुन नसक्दा महोत्तरीसहित तराई क्षेत्रमा अन्योल बढेको छ । मङ्गलबार अबेर रातिसम्म महोत्तरीको बर्दिवासमा बसेको उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घमा आबद्ध किसान प्रतिनिधि र चिनी उत्पादक नेपाल चिनी उत्पादक महासङ्घका प्रतिनिधिबीचको वार्ता […]

२३ वर्ष विदेश बसी स्वदेश फर्किएर सुन्तला खेती

पोखरा । विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु. दुई लाख ५० हजार आम्दानी गर्दै आउनुभएको छ । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उहाँले पछिल्लो १८ वर्षयता भने सुन्तला खेतीसहित अन्य तरकारी फलफूलको उत्पादन एवं गरी […]

मूल्य घटाउनु परे अण्डानै नष्ट गर्ने किसानको चेतावनी

चितवन। अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गए अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक व्यापारबीच आपसी […]