समाचार

जागिर खाने हो ? आवेदन दिनुहोस

ललितपुर। मुक्तिनाथ कृषि कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । असिस्टेन्ट अकाउन्ट अफिसर र अकाउन्ट अफिसरको लागि कर्मचारीको माग गरेको छ । कम्पनीको विज्ञापनमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले आजको मितिबाट ७ दिनसम्ममा आवेदन दिनसक्नेछन् ।

असिनासँगै फौजी कीराको प्रकोप

खोटाङ। असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन÷चार पात पलाउँदादेखि […]

राइस मिललाई जरिवाना

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–२ डेहम्बी हाइटमा सञ्चालनमा रहेको विजय राइस मिललाई रु ५० हजार जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्र विना व्यवसाय सञ्चालन र अरूको ब्रान्डलाई पुनः प्याकिङ गरी बिक्री÷वितरण गरेको भन्दै अनुगमनस्थलमा नै जरिवान गरिएको हो । उक्त […]

भोजपुरका सबै पालिकामा भूमिसम्बन्धी आयोगको काम शुरू

भोजपुर। सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरूको लगत संकलनको काम शुरू भएको हो । जिल्लामा गठित आयोगको कार्यालयले अभियान नै सञ्चालन गरेर कामको थालनी गरेको छ । पहिलो चरणमा भूमिसम्बन्धी समस्यामा परेकाहरूको लगत संकलनको काम […]

यार्सागुम्बा पाटन खुला गर्ने निर्णय

डोल्पा। अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी […]

‘मिहिनेत गरे के हुन्न ’

ललितपुर। चार वर्ष नारायणप्रसाद शर्माले बागलुङ नगरपालिकामा रहेको सिम्लेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षकका रुपमा बिताए ।उनले गाइभैँसी पालेर केही समय दूध बेचे । पन्ध्रवर्ष फर्निचर व्यवसाय पनि चलाए । सबै क्षेत्रमा सफलता हुँदाहुँदै उनले चार वर्षदेखि माछा पालन व्यवसाय थालेका छन् । उनको व्यवसायीक हुटहुटी भने प्राङ्गारीक उत्पादनसँग जोडिने हो । बागलुङ –३ को काठेखोला […]

आउनुहोस प्लास्टिकको टनेल निर्माण गर्न सिकौं

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ। सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ। प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ। प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ। […]

किसानका उत्पादनलाई बजारसम्म लाने वातावरण सृजना गर – महासंघ

ललितपुर। अखिल नेपाल किसान महासंघले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पुर्‍याउन आवश्यक रहेको बताएको छ । महासंघको स्थापना दिवसका अवसरमा अध्यक्ष डा. प्रेम दङ्गालले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शोषण र उत्पीडन, कृषि क्षेत्रको […]

बाँकेमा रामपुर–१० जातको मकैको बीउ उत्पादन शुरु

बाँके। थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैको बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ । रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जानकारी दिएको छ । सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको […]

चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ। यस्तै देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा […]