दूध भन्नाले सोच्छ गाई वा भैंसीको फाँचोबाट उत्पादन भएको वा (खाद्य ऐन २०२३) अनुसारको सोच्छ ताजा तरल र सबैजसो पौष्टिक तत्वहरु भएको एक पूर्ण खाद्य आहारा लाई दूध भनिन्छ । दूधमा मुख्यतया ६ ओटा पौष्टिक तत्त्वहरु पाइन्छन् ।

१. प्रोटिन
२. भिटामिन
३. कार्बहाइड्रेट्स
४. चिल्लो पदार्थ
५. खनिज पदार्थ
६. पानी

पशु ब्याएको ५-१५ दिन अगाडिको दूध बिगौती दूध अन्तर्गत पर्दछ तसर्थ सो दूधलाई दुहुनो हुँदैन । सामान्यतया हामीले स्तनधारी जनावर व्याएको ५-१५ दिन पछाडीदेखि दूध दुहुनु पर्दछ ।

सम्पूर्ण कृषक वर्गहरुमा :
यो महामारीको बेलामा दुग्धजन्य रोगहरुले मानिसहरूलाई असर नगरोस् र सचेतना फैलाउ भन्ने हेतुले कृषकले उत्पादन गरेको दूध सोच्छ छकि छैन भन्नेकुरा महतत्वपूर्ण हुन्छ । १० सोच्छ दूध उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु, २० दूधलाई जीवाणु मुक्त कसरी गर्ने भन्ने कुरा,
३० दूधमा पाइने हानिकारक जीवाणुहरु र दूधको माध्यम बाट सर्न सक्ने रोगहरुको बारेमा जानकारी गरायको छु ।

१. सोच्छ दूध उत्पादन गर्दा सबैभन्दा पहिले दूध दुहुने मानिसले राम्रो सँग साबुनपानीले हात मुख धुने र नङ काट्ने गर्नुपर्दछ ।
२. दूध दुहुने पशुको थुन तथा थुनको ओरिपरी राम्रोसँग सफा गर्नु पर्दछ ।
३. दूध दुहुने भाडाकुडा तथा उपकरण तातोपानीले राम्रो सँग धुनुपर्दछ ।
४. पशुको गोठ तथा ओरिपरीको वातावरण राम्रो सँग सफा र ओभानो राख्नु पर्दछ ।
५. दूध दुहुने मानिस कुनै पनि संक्रामक रोग लागेको हुनुहुँदैन ।
६. दूध दिने पशु निरोगी हुनुपर्दछ यदि थुनमा घाउ भएको भय दुहुनो हुँदैन त्यस्तो अवस्थामा दूध दुहुदा थुनेलो हुने सम्भाना हुन्छ ।
७. दूध दुहदा  (फूल हाण्ड मिलकिङ ) बुढी औंला र ४ औलाको बीचमा थुनलाई राखी दूध दुहुनु पर्दछ जसले गर्दा थुनेको हुन बाट जोगाउद छ ।

दूधलाई जीवाणु मुक्त कसरी गर्ने भन्दा दूधलाई अनिवार्य रुपमा निश्चित तापक्रसम्म तताएर दूधमा भयका सूक्ष्म हानिकारक जीवाणुहरु लाई नष्ट गरी दूधलाई निरोगन गर्नु पर्छ । (कम तापक्रममा बढी समय ६३°C मा ३० मिनेट सम्म र बढी तापक्रममा कम समय ७२°C मा १५ सेकेन्ड सम्म )  तताएर समग्रमा २-४°C तापक्रममा चिसो पार्नु पर्दछ । यसरी निरोगन गरिएको दूधमा मानव स्वास्थ्यलाई हामी गर्ने सम्पूर्ण जीवाणुहरु नष्ट हुन्छन र दूधबाट सोझै मानिसमा विभिन्न दुग्धजन्य रोगहरू लाग्नबाट बच्न र बचाउन सकिन्छ ।

यदि हामीले उत्पादन गरेको दूध नतताई सोझै उपभोग गरयौ भने गम्भीर प्रकृतिका रोगहरू लाग्ने हुँदा सधैं दूधलाई राम्रो सँग उमाल्ने वा तताउने गरी उपभोग गरौं । यसो गरेमा विभिन्न दुग्धजन्य संक्रामकरोगहरु बाट आफू र आफ्नो परिवारलाई बचाउन सकिन्छ ।

यदि पशुलाई सरसफाइ गरिएन भने र दूधलाई राम्रो सँग तताइएनभने पशु बाट मानिसमा र मानिसबाट पशुमा सजिलै विभिन्न रोगहरू सर्न सक्दछन् ।
दूधको माध्यमबाट सर्न सक्ने रोगहरू यस प्रकार छन्
१. ट्युबरकोसिस  (क्षयरोग) पहिले मानिसमा थिएन पछि पशु बाट सरेको
२. ब्रुसेलोसिस ( विभिन्न किसिमका फिवर हरु )
३. रेबिज ( विदेशमा केही केस पाइएको )
४. छेरौटी झाडा पखाला आदि संक्रामक रोगहरू लाग्दछन् ।

तसर्थ यो महामारीको बेलामा दूध उत्पादक कृषकहरुले दूधको महत्त्व सँगसँगै सोच्छ दूध उत्पादन गर्दा बढी ध्यान दिनु हुने छ र बिभिन्न दुग्धजन्य रोगहरू बाट सावधानी अपनाउनु हुने छ भन्ने विश्वास लिएको छु ।

लेखक खड्का : पशु प्राविधिक
कृषक सहयोगी कक्ष एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय गुलरिया बर्दिया ।