समाचार

मेवा खेती प्रविधि

मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। छालाका […]

आजबाट गैँडा गणना शुरु

पर्सा। पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, […]

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

दमौली। खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी […]

बढ्यो गहुँको न्यूनतम सर्मथन मूल्य

ललितपुर। सरकारले गतवर्षको भन्दा ९६ रुपैयाँ प्रति क्विन्टलले बढाएर यस वर्षको लागि गहुँको समर्थन मूल्य तोकेको छ । गत फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको हो । सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि उक्त मूल्य तोकेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । गत वर्ष गहुँको […]

चैते धान रोप्न चटारो

भजनी। कैलालीको भजनी नगरपालिका– ३ का खडक साउद यतिबेला खेतमा व्यस्त छन् । चैते धान रोप्ने चटारोले खडकको परिवार सबै खेतमै छन् । उनले भजनीका अधिकांश किसान अहिले धान रोप्ने चटारोमा रहेको बताए । “गत साउनमा आएको बाढीले किसानले लगाएको अधिकांश धानबाली नष्ट ग¥यो । धेरै किसानले वर्षे धान भित्र्याउन पाएनन”, खडकले भने, “यस वर्ष […]

गोलभेंडा उत्पादक कृषकहलाई मेगा बैंकको सहुलियत कर्जा

ललितपुर। मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो […]

अवकाश पछि मौरीपालनमा सक्रिय

धादिङ। सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन् । सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन । नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन् । सेवा निवृत्त भए पनि समयको सदुपयोग […]

मकवानपुरमा पशुमैत्री उद्यान

हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाएको छ। गाउँपालिकाको वडा नं ३ कालीखोला सामरीमा पशुमैत्री उद्यान निर्माण हुने छ। स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारको सहयोगमा निर्माण गर्ने गरी बहुवर्षीय योजनाअन्तर्गत पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए। परियोजनाको विस्तृत प्रतिवेदनअनुसार […]

स्यालो ट्यबुवेलको माग बढ्दै

वाग्मती। आकाशे पानीको भरमा खेती गरिरहेको र अन्य सिँचाइका माध्यम नरहेको वर्तमान अवस्थामा सजिलो एवं सरलरुपमा सिँचाइ गर्ने माध्यमका रुपमा स्यालो ट्युबवेलको माग बढ्दै गएको छ । बारा, पर्सा र रौतहट जिल्लामा किसानद्वारा स्यालो ट्युबवेलको मााग बढ्दै गएको हो । पर्सा जिल्लामा रहेको भूमिगत जलस्रोत सिँचाइ विकास समितिको कार्यालय वीरगञ्जमा सो ट्युबवेलको जडानका लागि माग […]

मौरीबाट उपचार गर्ने थेरापी केन्द्र स्थापना गरिँदै

चितवन। पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम शुरुआत गरिएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारको रु पाँच लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको […]