समाचार

‘नेपाल कृषि पत्रकार महासंघ’ गठन

ललितपुर। कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उद्देश्यसहित साढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ । नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले मगर, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् । यस अघि […]

लहलहाउँदो गहुँबाली, किसान हर्षित

महेन्द्रनगर। कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् । यहाँका नौवटै पालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मसलाबाली, केरा खेती, उखु र तरकारी खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । दोधारा चाँदनीमा गत वर्षदेखि अनुदानसहित लागू भएको नमूना मसलाबाली कार्यक्रममा […]

बिनाधितो तीन लाख उद्यमशील कर्जा

भक्तपुर। युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु. तीन लाख कर्जा दिनेबारे बुधबार सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० […]

गैँडा गणनाको तयारी गरिँदै

चितवन। यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिने छ । गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ […]

हिउँ नपर्दा कृषि र विद्युतमा समस्या

बलेवा। ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकाले कृषि र विद्युत् उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ तर यो वर्ष थोरै हिउँपर्दा किसानले लगाएको गहुँलगायत फसल थोरै फलेको छ । ‘अघिल्ला वर्ष प्रसस्त फलेको गहुँ यो वर्ष असाध्यै कम छ’, ढोरपाटन नगरपालिका–९ का गोविन्द पुनले भने […]

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

म्याग्दी। जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फूल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् । यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल […]

एक अर्बको खानेपानी आयोजना स्वीकृत

काभ्रे। मण्डनदेउपुर नगरपालिकामा एक अर्ब रुपैयाँको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु. ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको […]

कृषिबारे सिक्दै सिकाउँदै किसान सहकारी

भजनी। कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाले तीन क्षेत्रमा काम गर्दै आएको छ । पहिलो बैंकिङ सेवा, दोस्रो लघुबित्त र तेस्रो कृषि क्षेत्र । २०७६ साल जेठ ६ गतेदेखि जानकी गाउँपालिका–९ को अमरावतीमा सहकारीले कृषिको व्यावसायिक शुरुआत गरेको थियो । कोरोना महामारीका कारण ठूलो नोक्सानी व्यहोरेको भए पनि सो सहकारी संस्थाले अहिले पुनः राम्रो हुँदै गएको […]

महबाट वर्षमा २० लाख आम्दानी

बाँके। कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त छन्। कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउन हुन्छ । मौरीहरुको आधार चाका हेरचाह गर्दै उहाँहरुको दिनचर्या बित्छ । मौरीलाई आधार […]

बीमाप्रति किसानको बढ्दो आकर्षण : पीडित स्याउ किसानले पाए क्षतिपूर्ति

खलङ्गा। कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालीकोट र मुगुका दुई हजार १२० स्याउ किसानलाई क्षतिपूर्ति क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भन्नुभयो, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्तिबापत […]