समाचार

नेपाल ह्याचरी उद्योग संघकको अध्यक्षमा पौडेल

ललितपुर। नेपाल ह्याचरी उद्योग संघकको अध्यक्षमा ऋषिराम पौडेल निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न संघको पन्ध्रौ शाधारण सभा तथा महाधिवेशनले पौडेललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । साथै अधिवेशनले १८ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । संघको नयाँ कार्यसमितिको निवर्तमान अध्यक्ष टिकाराम पोख्रेल,बरिष्ठ उपाध्यक्ष लक्ष्मीदास मानन्धर,प्रथम उपाध्यक्ष डा. बलराम किसी,दित्तिय उपाध्यक्ष ज्ञानवहादुर बिसुराल,महासचिव […]

कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पतालका कार्यालय स्थापना

कास्की। मनाङमा कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम चामेमा खोलिएका दुवै कार्यालयको शुक्रबार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरे । सङ्घीयता लागू भएसँगै विघटित साविकका जिल्ला पशु सेवा कार्यालय तथा कृषि विकास कार्यालयका भवनमा प्रदेश सरकारले ती कार्यालय सञ्चालनमा ल्याएको हो […]

६५ घरधुरी मिलेर टिमुर खेती

तनहुँ। आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् । थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष […]

सप्तरी आगलागी : १८ गाई र दुई बाछा जलेर मृत्यु

सप्तरी। सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ । मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा […]

सर्केगाडमा पशुगणना

सिमकोट। हुम्लाको सर्केगाड गाउँपालिकाले पशु गणना शुरुआत गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो । गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिए । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक परिचालन गरेको छ ।

छेउमै भेरी, जमिन बाँझै !

जाजरकोट। डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ । नदीको छेउछाउमा खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेका छन् । कुनै पनि दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भई ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो । वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती […]

पढाइसँगै च्याउखेतीमा विद्यार्थी

बझाङ। बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताए । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उनले सुनाए । […]

मकै खेतीमा यान्त्रिकीकरण : खर्च बचत, उत्पादनमा वृद्धि

वीरगञ्ज। जीतपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले अघिल्लो वर्षभन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाएका छन् । यसको कारण चौधरीलाई खेती सहज लागेर होइन, कृषि अनुसन्धान केन्द्र रानीघाट वीरगन्जले उपलब्ध गराएको मकै रोप्ने नयाँ प्रविधि पाएकाले हो । चौधरीले यस वर्ष साढे चार बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । उनले अघिल्लो वर्ष मेसिनबाट मकै […]

किसान सूचीकरण अभियान : किसान औधी खुशी

सुदूरपश्चिम। धनगढी उपमहानगरपालिका– १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिए । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य शुरुआत भएपछि उनी खुशी देखिएका हुन् । उनले भने,‘‘सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ । वास्तविक किसानका हित हुन्छ ।’’ सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा […]

नमूना मसलाबाली गाउँ : बेसार निर्यात शुरु

महेन्द्रनगर। कृषि ज्ञान केन्द्र कञ्चनपुरले सञ्चालन गरेको नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँको दोधारा चाँदनी नगरपालिकाका किसान मसलाबालीमा सक्रिय भएर लागेका छन् । यहाँका नौवटै पालिकामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मसलाबाली, केरा खेती, उखु र तरकारी खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । दोधारा चाँदनीमा गत वर्षदेखि अनुदानसहित लागू भएको नमूना मसलाबाली कार्यक्रममा […]