ललितपुर। अखिल नेपाल किसान महासंघले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पुर्‍याउन आवश्यक रहेको बताएको छ ।

महासंघको स्थापना दिवसका अवसरमा अध्यक्ष डा. प्रेम दङ्गालले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शोषण र उत्पीडन, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व, कृषि क्षेत्रमा भएको व्यवसायीकरण, कृषि श्रमिकको अवस्थाजस्ता क्षेत्रमा सरकार र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् ।

विसं २००८ वैशाख १७ गते तुलसीलाल अमात्यको नेतृत्वमा महासंघ गठन भएको थियो ।