समाचार

बङ्गलादेशबाट रासायनिक मल खरीद शुरु

ललितपुर। बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बङ्गलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ । यसअघिको सम्झौताअनुसार नेपालमा मल ढुवानी गर्ने कम्पनीले बङ्गलादेशमा मल बुज्न थालेको कृषि कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए। ‘हामीले […]

कञ्चनपुरमा व्यवसायिक स्ट्रबेरी खेती

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु गरिइएको छ । त्यहाँस्थित फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक रु पाँच लाखको लगानीमा व्यवसायिक रुपमा स्ट्रबेरीखेती शुरु गरिएको हो । प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी स्ट्रबेरी खेती गरिएको बताइएको छ । स्ट्रबेरी खेतीमा सिँचाइ सुविधा पुर्याउनका लागि थोपा सिँचाइकोसमेत व्यवस्था […]

सुर्खेतमा एक अर्ब ३६ करोड कारोबारमा तेब्बरले निर्यात

कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा रु एक अर्ब ३६ करोडको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा रु एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोवार भएको पाइएको हो । मुलतः वर्षे तथा हिउँदे […]

आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए। यहाँका स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएका वडाध्यक्ष पे्रमबहादुर कठायतले बताए । उनले भने […]

हिमपात र वर्षा नहुँदा स्याउ किसान चिन्तित

कर्णाली। यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुबै हुनसकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो चिसो मौसमा हिमपात र वर्षा दुबै नहुँदा विशेष गरी किसान चिन्तित बनेका छन् । कालीकोटको माथिल्लो क्षेत्र तथा हुम्ला, डोल्पा, मुगु, जुम्लामा वर्षेनी पुस र माघ महिनामा […]

पश्चिमी वायु फेरि सक्रिय हुँदै, बुधबारदेखि वर्षा र हिमपातको सम्भावना

ललितपुर। यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो। मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए। नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपराह्न हल्का वर्षा पनि भएको थियो। आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम […]

नार्कमा निशुल्क तालिम लिने अवशर

रामपुर। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुरले फाल्गुन महिनामा २० जना उद्यमी कृषक युवाहरुको लागि हाईब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रबिधि तालिम प्रदान गर्ने भएको छ । यसका लागि राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सूचना प्रकाशित गरी ७ दिने आवासीय तालिममा सहभागी हुन ईच्छुक उद्यमी कृषकलाइृ सम्बन्धीत स्थानीय निकायको प्रमुख वा […]

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट। उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर […]

बाँझो जमिनमा फलफूल बगैँचा निर्माण गर्दै खोटेहाङ गाउँपालिका

खोटाङ। खोटेहाङ गाउँपालिकाले बाँझो जमिनमा फलफूल बगैँचा खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिनुका साथै बसाइँसराइका कारण बाँझिएको खेतीयोग्य जमिन पुनः उपयोगमा ल्याएर गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गाउँपालिकाले व्यावसायिक फलफूल बगैँचाका लागि अनुदान दिने भएको हो । बाँझिदै गएको जग्गालाई पुनः प्रयोगमा ल्याउन आगामी फागुन ३ गतेभित्र मागमा […]

फलफूल खेती गर्ने लाई ५० प्रतिशत अनुदान

बागलुङ। ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् । ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । उनका अनुसार फलफूल […]