नेपालको कृषि अर्थतन्त्रमा धान एक महत्वपूर्ण खाद्यान्नको रुपमा स्थापित छ। कृषि तथा पशुपन्छी विकास मन्त्रातलयको तथ्यांक अनुसार देशको कुल ग्राहयस्थ उत्पादनको धानले मात्र ७% ओगटेको छ भने कृषि ग्राहयस्थ उत्पादनमा २०% ओगटेको छ। नेपालमा तराई, मध्य तराई, मध्यपहाड र उच्चपहाड क्षेत्रमा धान खेती गरिदै आएको छ। त्यस्तै बाली विकाश निर्देशानलयको तथ्यांक अनुसार चैते धानको हकमा तराई, मध्य तराई, मध्यपहाड र उच्चपहाडी क्षेत्रमा मात्र नभएर हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने देखिएको छ।

करीब ९२% धान खेती असारमा अर्थात बर्खेको रुपमा गरिदै आएको छ भने करीब ७% चैतेको रुपमा र १% जाडो मैसम अर्थात माघको अन्तीममा रोपिदै आएको छ। विशेषगरी पहाडको खोच वा बेसी जहाँ पर्याप्त सिचाई हुन्छ, चाडबाडको खर्च जुटाउने हेतुले निरन्तर चैते धान लगाएपनि असारको जस्तो चर्चा सुनिदैन।

२०७४ सालमा ११२,००० हेक्टरमा मात्र चैते धान लगाईएको तथ्यांकमा उल्लेखित छ । त्यसपछिका बर्षहरुमा नेपाललाई खाद्यन्नमा आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत कही बर्ष भित्र २००,००० हेक्टर क्षेत्रफलमा चैते धान लगाउने उदेश्य नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राखेको छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रायोजना अन्तर्गत धानको सुपर जोन,जोन,बल्क र पकेट कार्यक्रम छुट्याई चैते धानमा चक्लाबन्दी जस्तो प्रभावकारी कार्यक्रम कार्यनयनमा छ।
कृषि तथा पशुपन्छी विकाश मन्त्रालय,योजना तथा विकाश समन्वय समितिबाट प्रकाशित नेपाली कृषि तथ्यांक २०७५/२०७६ अनुसार नेपालमा चैते धानको उत्पादन ५४०,१०५ मेट्रिक, उत्पादक्तत्तो ४.५% रहेको छ।

चैते धानको प्रदेशीय क्षेत्रफल तथ्यांक :

चैत दिन लामो र रात छोटो हुने महीना हो। आकाशमा बादल नलाग्ने बेला, सूर्यको ताप बढी हुने र सूर्यको किरणको शक्ति बालिको हरितकड मार्फत बालिले तान्ने भएकाले असारको तुलनामा चैतमा धेरै उत्पादन हुन्छ। आकाशमा कम बादल र बढी सुख्खा हुने भएकाले रोगको समस्या पनि कम हुन्छ। चैते धानको ब्याड फागुन महीनाको दोस्रो सातासम्म राख्नु पर्ने हुँदा यस महिनामा मध्यपहाड र उच्चपहाडमा तापक्रम १०-२०°से. हुन्छ। अझ बेलुकाको र विहानको समयमा ४-७° से. सम्म घट्ने हुन्छ । बाहिर तापक्रम कमी भएकाले बेर्ना नउम्रने, उम्रन ढीला गर्ने र उम्रेको पनि रोग,किराको चाडै सिकार हुने हुन्छ।यस समस्यालाई समाधान गर्न गुमोजमा बेर्ना उमार्नु पर्दछ। गुमोज भीत्र तापक्रम चाहिए अनुसार उच्च स्थिर बनाउन सकिन्छ। जसले गर्दा बेर्नाको विकाश छिटो हुने र रोपाई अलीक छिटो गर्न सकिन्छ।
धानमा नयाँ प्रबिधिको रूपमा सिस्टम अप राईस इन्टेन्सीफीकेसन (यास.आर.आई) प्रबिधि अपनाउन सके ५ किलो धानको बिउले १ हेक्टरसम्म बेर्ना पूर्याउन सकिन्छ । कम उमेर करीब ८-१०दिनको बेर्नालाई २५-२५ से.मी. को दुरिमा एउटा एउटाको दरले रोप्दा हाम्रो परम्परागत प्रबिधिले रोपेको भन्दा धेरै उत्पादन लिन सकिन्छ। परम्परागत भन्दा करीब ५०% कम पानी आवश्यक पर्ने यस प्राविधिबाट चैते धान लगाउदा सिचाईका लागि पानी तान्नु पर्ने ठाउँमा केही सहज अवस्था हुन्छ।बिउमा लाग्ने लागत खर्च कम हुनुका साथै छोटो समयमा बेर्ना तयार हुने यस प्रबिधिकोबारे किसानलाई तालीम दिनु पर्ने आवश्यकता देखिन्छ।

गहुँखेती गरेका धेरै क्षेत्रमा चैतको अन्तिमसम्म नै गहुँ नपाकेको अवस्था छ। कात्तिकको पन्द्रपछि अन्तिम साता नलाग्दै गहूंबाली छर्दा ११५ देखी १२५ दिनमा तयार हुने गहुँका जातहरु जस्तै बाणगंगा,गौतम,भृकुटी बि.एल ११३५,आदित्य सजीलै पाक्छ र ढीला गरी सुरु गरेको भन्दा धेरै फल्नुकोसाथै चैत दोस्रो साता भित्र जमीन खाली हुन्छ। यसरी बाली पात्त्रोको पालना गर्दा चैते धान रोप्न गहुँबालीको लागि प्रयोग भएको जग्गा नै प्रयोगमा आउँछ र एकै जग्गाबाट बर्सेनी ३ बाली भित्राउन सकिन्छ। असारमा बाडीपहिरो अत्यन्त जोखिम भएको ठाउँमा चैते धान लगाई असारे धान नलगाउने वैज्ञानिक परम्परा स्थापित गर्न सकेपनि माटोको संरक्षण एवम् बाडीपहीरोको जोखिम कम गर्न सकिन्छ।

बाह्रै महिना सिचाई सुबिदा हुने केहि ठाउँमा मात्र चैते धान लगाउँदै आइरहेको छ। नेपाल कृषि अनुसन्धान केन्द्रले (नार्क) निकालेका नयाँ जातहरु ग्रामीण किसानकोमा पुग्न र स्थापित हुन अलिक समय लाग्ने गर्दछ। पुराना सजिलै पाइने चैते धानका जातहरु खाँदा त्यति मिठो नहुने किसानको गुनासो सुनिन्छ।यस्तो समस्याका लागि चैते मोटा धानलाई चामलको रुपमा भन्दा चिउराको रुपमा प्रयोग गर्ने र मसीनो जातलाई चामलको रुपमा प्रयोग गर्न सकिन्छ।त्यसैपनि चैते धानका जात कम छन्, सिफारिस गरिएका जातहरुमा सी.एच ४५,चैते २,चैते ६,हर्दिनाथ १,चिते ५ मात्र हुन। अझ मसीनो र छिटो पाक्ने जातहरु अत्यन्त निऊन छन्,भएका जातहरु पनि मोटा भएकाले किसान एवम् उपभोक्तामाझ त्यति लोकप्रिय छैनन्। २०७४ सालमा नार्कले चैतमा किसानलाई समुद्रसतह देखी ७५० मीटरसम्म चैते ५ लगाउन सिफारिश गरिरहेको छ।यो धानको दाना मसीनो,धेरै फल्ने,रोग र किरा कम लाग्ने भनेर प्रमाणित गरिएको छ।विकल्पका रुपमा किरा कम लाग्ने, मोटो दाना भएको चैते ४,यसैगरी मसीनो दाना हुने,रोग किरा नियन्त्रण गर्न सक्ने हर्दिनाथ ३ लाई पनि जोड दिएको छ।

बर्खे धान भन्दा दोब्बर फल्ने भएपनी पर्याप्त सिचाईको कमिले किसानहरु आकर्षित हुन नसकेका हुन।चाहिएको समयमा मलखातको व्यवस्था मिलाउँन नसक्दा पनि सोचे अनुरूपको उत्पादक्तत्तो हासिल गर्न नसकिएको हो।कतीपय ठाऊँमा सिचाई नहरको ब्यवस्था भएपनी कृषिमा व्यवसायिक रुपमा लाग्न नसक्नु,भएका सिचाई नहरको मर्मत सम्माहारमा सरोकारवाला निकाए मौन रहनु, नीर्बाहाका लागि बर्खेले नै पुग्नु,किसानहरु चैते धान खेतीमा आकर्षित नहुनुका अरु कारण हुन। पछुपालनको हिसाबले गाईबस्तुलाई चाहिने परालको उत्पादनको लागि पनि चैते धानले महत्व बिगतमा धेरै थियो तर अहिले बर्सिम,टीवसेंटी,नेपियर जस्ता घाँसका जातको बाक्लो आकर्षणले परालको महत्व बुझेर चैते धान लगाउनेको संख्यामा निक्कै कमी आएको हो। कतीपय क्षेत्रमा शहरिकरण बढेकाले किसानहरु ब्यापार व्यवसायमा लाग्नु,खेतीयोग्य जमीन घर घडेरीको रुपमा प्रयोग गर्नु,पल्टिङले जग्गा धुर्बीकरणको समस्या बढ़नु जसले गर्दा चैते धान लगाउने भूगोल घट्नु चैते धान खेति एवम् चैते धान उत्पादनमा घट्नुका अरु समस्या हुन। नेपालका हरेक किसानले ५ टनभन्दा बढी धान उत्पादन गरे बापत प्रति व्याक्ति ५,००० दिने घोषणा गरेपनि सरकारी कार्यबीदि अत्यत झ्न्झटीलो भएको किसानको गुनासो छ।धानखेतीको लागि आवश्यक निउनतम किसान समर्थन मूल्य तोक्ने गरिएपनि त्यसको कार्यनयनमा धेरै ठुलो समस्या देखिन्छ र यस्ता कार्यक्रमहरुले किसानहरुलाई खासै आकर्षित गर्न सकेको छैन।

समस्या संगसगै केहि उल्लेखनीय कामहरु पनि कार्यनयनमा छन्। सरकारले चलाएको बृहत्तर धान उत्पादन कार्यक्रम अन्तरगत चैते धान खेतिलाई परापुर्बकालमा जस्तै परम्परागत रुपमा विकास गर्ने उदेश्यले किसानलाई सहकारी या अन्ने कुनै किसान समूहमा जोड्ने काम भैरहेको छ। जसले गर्दा कृषि यान्त्रिकरण,अनुदानको लागि कृषक छनोट,प्रबिधिक सहयोगमा सह्जता आउँछ र कृषिमा चक्लाबन्दीको साझा अवधारणा प्राप्तिमा पनि सहजता आउँछ। युवा पलायनले कृषी क्षेत्रमा चाहिने जनशक्तिको कमी भएको अवस्थामा कृषी उपकरण अनुदानमा पाउँदा जनशक्तिको कमी पूर्ति हुनुको साथै समयको बचत एवम् किसानहरुलाई हैसला पनि मिल्ने गर्दछ। २०७७ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत धान सुपर(जोन, जोन,बल्क, पाकेट कार्यक्रममा कृषकहरुलाई समूहगत रुपमा जोडेर चक्लाबन्दी कार्यक्रम गरिएको छ। कृषि यन्त्र एवम् विउभिजनमा अनुदान, प्रबिधिक सहयोग प्रदान गरिएको छ ।जसले गर्दा बर्सेनी चैते धानको क्षेत्रफल र उत्पादन बढ़ने अवस्थामा छ। नेपालमा केही स्थानमा चक्लाबन्दीबाट धान खेती गरेपनि धान सुकाउने घरको व्यबस्था गर्न हालसम्म सकिएको छैन यदि सुकाउने सुविधा दिने हो भने चैतेमा अझ आकर्षण बढाई बाहिरको आयातलाई निकै घटाउन सकिन्छ।

चैते धान समयमानै रोपेर मलखाद र पानी व्यवस्थापन गर्न सक्दा बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ। विशेषसगरी चैते धान भित्राउदा पानी पर्ने किसान बेफुर्सतिला हुने,पानी परिरहने र घाममा राम्रोसँग सुकाउन नसकिने हुँदा किसानले त्यति जागर गर्दैनन्। चैते धानलाई बिचार गरी धान सुकाउने प्राविधिको व्यवस्था गरिदिदा केही हतसम्म उत्पादनमा जोड पुग्छ,जेठको अन्तिम वा असार मध्यमा काटिने यो धान सुकाउन, विशेषगरी सुकाउने मेसिनको व्यवस्था गर्नुपर्ने देखिन्छ। किसानले चैते धान असारमा भित्र्याउन भ्याई नभ्याई भएर आवश्यक सुकाई गर्न नसक्ने हुँदा धानलाई अर्को बर्षको लागि बिउको रुपमा प्रयोग गर्न सकेका छैनन्। नार्कसँग अन्न सुकाउने पलाष्टिक सोलर ड्रायर र गलास सोलर ड्रायर भएतापनि यसको जानकारी निउँन छ। नेपालमा अन्न सुकाउने प्राविधि भित्रिएपनि यसबाट थोरै किसानले मात्र जानकारी लिएर प्रयोगमा ल्याएका छन। किसानलाई यदि यी ड्रायरको महत्तोबारे जानकारी हुने हो भने धेरै अन्न घुन किरा लागेर कुहीएर जाने अवस्था आउँदैन।
अन्तत शिचित जमीन,समृद किसानको कार्यदिशामा कृषिलाई डोराउन सकियो भने मात्र पनि छिट्टै नै खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ।

लेखक : कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत धान जोन प्युठानमा कृषि इन्टनको रूपमा कार्यरत छन्।