समाचार

गोलभेँडाको उत्पादनमा वृद्धि : किसानले पाएनन् उचित मूल्य

सर्लाही। जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे तरकारीबालीको रुपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेका कारण गोलभेँडा खेतीमा हौसिएर जिल्लाका उत्तरी भेगका किसानले गोलभेँडा उत्पादन वृद्धि गर्न थाले पनि अहिले […]

अदुवा बिक्री नहुँदा तनहुँका कृषक चिन्तामा

तनहुँ। मूल्य नपाउँदा तनहुँका कृषकहरुको अदुवा बारीमै रहेको छ । बिक्री गरेर यतिबेला नगद गोजीमा राख्नु पर्ने समय सम्म ग्राहक नआएपछि कृषक चिन्तामा परेका छन् । यहाँ उत्पादित अदुवाको मूख्य बजार भारत भएको र व्यापारीहरु खरीद गर्न नआएकोले बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् । भिमाद नगरपालिका–४ का तुलबहादुर थापाले गतवर्ष भन्दा आधा सस्तोमा […]

अन्नपूर्ण चिनी मिलले उखु किसानको १७ करोड बढी बक्यौता तिर्‍यो

सर्लाही। वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ । गत माघ १४ गते काठमाडौं त्रिपुरेश्वर स्थित निवासबाट चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेपछि किसानलाई भुक्तानी दिन सुरु गरेको थियो । माघ १५ गते उद्योगले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ […]

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

ललितपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ। मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’कोे विषयमा छलफल गरिएको थियो। इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो। उक्त […]

आलु खेतीमा रमाउँदै प्रकाश सर

डडेल्धुरा। अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ वर्ष स्थायी छ । शिक्षक ऐरको दैनिकी […]

हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर

सिमकोट। दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर लगाउन आकर्षित भएपछि टर्कीबाट बिरुवाको बिक्रीवितरण गरिएको कृषि प्राविधिक सुन्दर रावतले बताउनुभयो । किसान व्यावसायिक रुपमा […]

उदयपुरमा १५ करोड रुपैयाँबढीको सुन्तला उत्पादन

उदयपुर। जिल्लामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष गत वर्ष भन्दा वृद्धि भएर छ हजार ५०० मेट्रिक टन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार गत वर्ष यहाँको पहाडी क्षेत्रमा कूल पाँच हजार २४६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने […]

पूर्वशिक्षकको रहरलाग्दो कृषि कर्म

बागलुङ। कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उनी कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेको हुन्छन् । गलकोट नगरपालिका–९ मल्म, छिसका ४९ वर्षीय खरेलले गरेको कृषि कर्म रहरलाग्दो छ । सात वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि बाख्रापालनमा लागेका खरेल अहिले मौरीपालन र कागती खेतीमा रमाइरहेका […]

इलाममा धान भण्डारण गृह निर्माण हुँदै

इलाम। इलामस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो । गत पुसको पहिलो साताबाट निर्माण शुरु भएको भण्डारण गृह यही माघसम्ममा सकिने छ । सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०/५० प्रतिशत खर्चमा बन्ने भवनको कुल लागत […]

भेडाबाख्रामा रोग देखिएपछि पिपिआरविरुद्धको खोप

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पिपिआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान सुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पिपिआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पिपिआरविरुद्धको खोप दिन साप्ताहिक अभियान सुरु गरिएको हो । राष्ट्रिय पिपिआर दिवसअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र […]