समाचार

लेकको आलु पहाडको मुख्य हिउँदे खेती

गण्डकी। झण्डै साढे तीन दशकको अन्तरालमा लेकबाट ल्याइएको आलुको बीउबाट शुरुआत गरिएको कास्कीको आलुखेती पछिल्ला वर्षमा हिउँदे खेतीको मुख्य पहिचान जस्तै बनेको छ । मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलुका साथै कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउ लगाएर जिल्लाका हेम्जामा शुरु गरिएको आलु खेतीले पछिल्ला दिनमा जिल्लामा नै व्यावसायिक रुप लिएको हो । […]

चिनी मिललाई उखु अभाव

कञ्चनपुर। कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि […]

ग्राहक नआएपछि बारीमै अदुवा

तनहुँ। तनहुँका किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् । उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दःुखेसो रहेको छ । […]

चिया पिलाउँदै, स्वाद चिनाउँदै

इलाम। उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् । उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ रु’ पाहुनाको जवाफअनुसार चिया बनाइन्छ । कसैले छनोट गर्न नसके पनि मिठै चिया पिलाउँछन् । आफ्नो […]

बिकेन खाद्यको चामल

जाजरकोट। बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य […]

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

भरतपुर। पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । […]

किसानको श्रमको मूल्य उठ्नेगरी मूल्य निर्धारण गरिनुपर्छः मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्नेगरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई (शनिबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । कृषिकर्मका निम्ती पसिना बगाउने, श्रम गर्ने भनेको किसानले भएको भन्दै मन्त्री अर्यालले […]

स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

टीकापुर। कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा दैनिक ३ सयभन्दा बढी किसान स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि आउने गरेका छन् । हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ । हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नम्बर ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ । “नगरपालिकाले निर्माण गरेका […]

मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

मकवानपुर। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा सात करोड तीन लाख ७६ हजारको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको आर्थिक लगानीमा निमार्ण हुने गरी बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण कार्य अगाडि बढाइएको हो । […]

रैथाने जातका बीउ खोज्दै कृषक

डडेल्धुरा। बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजन खोज्न थालेका छन्। पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन्। चैत महिनासम्म पनि […]