समाचार

सुर्खेतमा पनि देखियो बर्डफ्लु

वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन। यसअघि काठमाडौंको तारकेश्वर नगरपालिकामा पालिएका पछींमा बर्डफ्लु देखिएको थियो । विभागले बर्डफ्लु रोग […]

५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर

लमजुङ। पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो । नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्नुहुँदै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री […]

कृषिमा लगानी बढाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर। कृषिलाई आधुनिकीकरण गरी कम लागतमै बढी उत्पादन बढाउन भीमदत्त नगरपालिकाले कृषिमा लगानी बढाउँदै लैजान थालेको छ । तीन वर्षका अवधिमै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न, किसानलाई कृषियन्त्र उपलब्ध गराउन, मलखाद, बीउ र प्रविधिमा गरी रु एक करोड ९१ लाख दुई हजार ६२० रकम अनुदानका रुपमा किसानलाई उपलब्ध गराएको छ । आव २०७४/७५ मा […]

‘सुरक्षित तरकारी’ उत्पादन गर्दै पाँचखालका कृषक

काभ्रे। पाँचखाल नगरपालिका–७ श्रीरामपाटीको कृषक शशिकला ढकालले यो वर्ष पनि काउली र आलु बालीमा रासायनिक विषादी हालेनन् । उनले जाडोयाममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छरे । “करिब दुई वर्षदेखि रासायनिक विषादी हाल्न छाडेका छौँ, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा हाल्छौँ”, दाहालले भने। यस वर्ष काउली र गोलभेँडामा […]

तोरी उत्पादनमा वृद्धि

चितवन। जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो । गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७१४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रका […]

उदयपुरमा व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि

उदयपुर। उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, बगाहा, जोगीदह, […]

नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल हुँदै

चितवन। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिनुभयो । “धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको छ”, उहाँले भन्नुभयो, “किसानको […]

प्रथम चौँरी महोत्सव बुधवारदेखि शुरु

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधवारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवर्द्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जानकारी दिइएको छ । चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना […]

डेढ वर्षभित्रै भूमिहीनलाई जग्गा दिने तयारी

बाग्लुङ। भूमिसम्बन्धी समस्या सामधान गर्न सरकारले हालै गठन गरेको भूमि समस्या सामधान आयोग बागलुङले भूमिहीनलाई डेढ वर्षभित्रै जग्गा उपलब्ध गराउने तयारी थालेको छ । यहाँका दशवटै स्थानीय तहसँग सहकार्य गरेर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले डेढ वर्षमा नै बागलुङमा काम सक्ने तयारी रहेको आयोगको सचिवालयले जनाएको छ । केही दिन पहिला पदभार ग्रहण गरेका पदाधिकारीले धमाधम […]

सुत्केरी गाईलाई भत्ता

फुङ्लिङ। झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए । आव २०७५÷७७ मा […]