ललितपुर। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको हो ।

न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ का आधारमा सरकारले गहुँको समर्थन मूल्य निर्धारण गरेको हो ।गत आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ तोकिएको थियो । यस वर्ष सरकारले गत वर्षको तुलनामा प्रतिक्विन्टल १६२ रुपैयाँले मूल्य बढाएको छ ।