निम  (Azadirachta indica) धार्मिक एवम् औषधिजन्य गुण भएको रुख हो। निमलाई संस्कृतिमा `एरिष्टा´अर्थात उत्तम,पुर्णत र अविनाशी मानिन्छ।निमको संस्कृत नाम निम्ब हो जसको अर्थ राम्रो स्वास्थ्य भन्ने बुझिन्छ।यो रुख नेपालको तराई एवम् मध्य पहाडी भेगमा पाइन्छ र यसको उचाई १२-१४ मिटर हुन्छ।निमलाई साधारणतया बीउ बाट आकाशे पानीको भरमा उत्पादन गरिन्छ।निमको पात,बोक्रा,जरा र बिउमा रहेका विभिन्न रसायनिक पदार्थले एन्टिसेप्टिक (घाउ आदिमा रोगणु नास गर्ने),एन्टिपाइरेटिक (तापक्रम नियन्त्रण गर्ने), एन्टि अल्सर, एन्टि फङ्गल  (ढुसी बाट बचाउने) आदि कार्य गर्दछ।वर्तमान समयमा निम एक प्राकृतिक देन हो जसले विश्वव्यापी रुपमा कृषि, वातावरण र सार्वजनिक स्वास्थ्य समस्यामा ठूलो योगदान पुर्याउन मद्दत गर्दछ।एउटा बयस्क रुखले एक बर्षमा करिब ३७(५० केजि सम्म फल दिने गर्दछ। ४० किलो फलले करिब २४ किलो (६०%) ड्राइ फल दिन्छ जस अन्तर्गत करिब १२ किलो पल्प (५०%),१किलो बिउको बोक्रा (४%),६ केजि हस्क (२५%) र ४-५ किलो कर्नेल (२१-२२%) हुन्छ।निमको प्रयोग र यसको विभिन्न उत्पादन परिणामको बारेमा वैज्ञानिक द्वारा खोज जारी रहेको छ।

निम बहु उपयोगी रुख हो।यसको उपयोगिता मान्छेको स्वास्थ र कृषिको (रुख,बिरुवा,माटो) स्वास्थ्यमा उत्तिकै छ।

निमको मान्छेको स्वास्थ्यमा उपयोगिताहरु :
१. ज्वरो आएमा
शरीरमा रहेको मन्द ज्वरो यदि अरु कुनै औषधिले काम गरेन भने, १ चम्चा निमको बोक्रा भित्रको छाला १ ग्लास पानीमा पकाएर बिहान पिउनाले जस्तै ज्वरो पनि १ हप्ता भित्र निको गराउन मद्दत गर्छ।
२. दातको रोगमा
दातको रोग निमको फुलको काडा पानीमा पकाएर बिहान बेलुका मुख कुल्ला गर्नाले ठिक हुन्छ।
३. नाथ्रो फुटेमा
निमको पात र ज्वानोको पानीमा पिनेर दुबै कन्चठमा लगाउने
४. दमको रोग
निमको तेलले दमको रोग निको पार्न सहयोग गर्छ
५. झाडा लागेमा
२ चम्चा निमको बोक्रा पानीमा पकाएर पिउने
६. अपच अरुची भएमा
निमको पाकेको गेडा खाने
७. डंडीफोर भएमा
निमको बोक्रा थिचेर रस लगाउने
८. आँखा तेजिलो बनाउन
निमको रसको प्रयोगले आँखा तेजिलो बनाउन सहयोग गर्छ।
९. मलेरिया
निमको रस प्रयोग गर्ने
१०. कपाल दुखेमा
दुई थोपा निमको रस नाकमा राख्ने
११. कान दुखेमा
२-३ निमको रस कानमा राख्नाले कान दुख्ने कान पाक्ने समस्याहरु निको पार्न सहयोग गर्छ।
१२. आँखा दुखेमा
कमलो पातको ३-४ थोपा रस आखामा राख्ने
१३. रतअन्धो भएमा
निमको तेलको प्रयोग गर्ने
१४. पक्षघात भएमा
नियमित तेलले मालिस गर्ने
१५.अन्य फाइदाहरु
– दाज
– घाउ पाकेमा
– क्यान्सरको घाउ
– लु लागेमा
– बिच्छी ,बारुला आदिले टोकेमा

मान्छेको स्वास्थ्यमा निमले गर्न सक्ने असरहरु :
– निमको लगातार सेवन गर्नाले काम शक्ति घटाउछ ।
– लामो समय सम्म नियमित सेवन गर्नाले नपुसक सम्म बनाउन सक्छ।

कृषिमा निमको उपयोगीता :
१. निमको माटोमा वातानुकुलित विषेशताले गर्दा यसले माटोको उर्वराशक्ती बढाइ बोटबिरुवाको राम्रो वृद्धिविकासमा सहयोग पुर्याउछ ।
२. निम ओइल (Neem Oil) किटनाशक एवम् औषधिजन्य विशेषता रहेकोले यसले विभिन्न कृषि सत्रु किराहरु जस्तै झुसिलकिरा,बिटल,फट्याङ्ग्रा आदि नास गर्दछ ।
३. निमको पातलाई माटोमा मिसाउनाले माटोको जैविक तत्व बढ्छ जसले माटोको उर्वराशक्ती कम हुन दिदैन ।
४. निमको महत्त्व प्राङ्गारिक कम्पोस्ट मल निर्माणमा पनि रहेको छ।निमको एन्टिब्याक्टोरियल प्रोपर्टी (Antibacterial property ) ले कम्पोस्टलाई ब्याक्टेरिया (Bacteria) मुक्त बनाउछ र बोटबिरुवालाई यसले फाइदा गर्छ ।
५. निमको पात साथसाथै यसको बोक्रा,जसको पनि उत्तिकै महत्त्व हुन्छ र जसको धुलोले पिसो (Fleas) ,चुस्ने किरा (Sucking Lice) आदिलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भुमिका खेल्छ ।
६. निम युरिया कोटिङको खाद्यबिरोधि (Antifeedant),प्रजनन बिरोधि (Antifertility) र किट विकास प्रतिरोधात्मक क्षमता रहेको हुन्छ।
७. प्राकृतिक रुपमा पाइने र आर्थिक स्थिति कमजोर भएका किसानका निमित्त उपयुक्त ।
८. निमको किटनासक प्रयोग गर्न सजिलो,वातावरण अनुकुल ,माटोको उर्वराशक्ती बढाउने एवम कृषिजन्य उत्पादनमा वृद्धि गर्ने हुदा यसको प्रयोग उचित मानिन्छ।
९. निमको किटनाशक प्रकृति एवम यसको प्रयोग वातावरण अनुकुल रहेकाले यसलाई एकीकृत सत्रुजिव ब्यवस्थापन अर्थात Integrated Pest Management (IPM) मा महत्त्वपूर्ण भुमिका रहेको हुन्छ।
१०. अहिले मकैमा देखिदै आएको फौजी किरा (Fall Army Worm) को नियन्त्रणमा पनि सहयोग पुर्याउछ।

निममा यति धेरै गुण हुदाहुदै पनि यसको सहि सदुपयोग भने हुन सकेको छैन।निम सेवन गर्दा तितो हुने भएकाले पनि धेरै यसको प्रयोग नगरेको पाइन्छ। कृषि,वातावरण र सार्वजनिक स्वास्थ्यमा यसको निकै प्रभावकारी भुमिका हुदाहुदै पनि नजिकको तिर्थ हेला भने जस्तो मानवले यस्को सहि सदुपयोग गर्न भने सकेको छैन।किसानहरूमा जनचेतनाको कमिले गर्दा बालिको बिकास,माटोको स्वास्थ्य सुदृढ र रोग आदि नियन्त्रण गर्न यसको उपयोग एकदमै न्यून छ।