समाचार

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै मालिकार्जुन

दार्चुला। मालिकार्जुन गाउँपालिकाले सरोकारवाला निकायका सहयोगमा कृषि र पशु क्षेत्रलाई प्रवद्र्धन गर्ने भएको छ । बेरोजगार युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने ध्येयले गाउँपालिकाले ती दुई क्षेत्रलाई थप विकास र विस्तार गर्न लागेको हो । कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न गाउँपालिकाले पहल समेत थालेको छ । कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर […]

गलकोटमा सामूहिक किबी खेती

बलेवा। बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् । गलकोट नगरपालिकाको एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान […]

निशुल्क व्यवसायीक बंगुरपालन तालिम लिने अवशर

पाख्रीबास। नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटाले युवा उद्यमी कृषकहरुका लागि व्यवसायीक बंगुरपालन तालिम प्रदान गर्ने भएको छ । तालिम सम्बन्धी एक सूचना प्रकाशित गरी केन्द्रले सूचना प्रकाशन भएको १५ दिनभित्र केन्द्रको इमेल ठेगानमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्ने जनाएको छ । तालिम लिन ईच्छुक किसानले नाम, ठेगाना, उमेर, लिङ्ग, शैक्षिक […]

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

जुम्ला। जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास […]

१० कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान

बागलुङ। कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २ सय २१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि प्रस्ताव स्वीकृत गरेको छ । केन्द्रले बागलुङमा आर्थिक वर्ष २०७७/७८ का लागि अनुदानका लागि प्रस्ताव आह्वान गरेको थियो । अनुदानका लागि आएको […]

जौ र मल्टेड जौको खाद्य परिकार बनाउने तीन दिने तालिम सम्पन्न

दोलखा। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहाडी बाली अनुसन्धान कार्यक्रम अन्र्तगत दोलखाका २० जना कृषि उधमीलाई जौ र मल्टेड जौको बिभिन्न खाद्य परिकार जस्तै पाउरोटी, केक, सिन्के चाउचाउ, कुकिज, बाल आहार, बिस्कुट, पिज्जा आदि बनाउने तीन दिने तालिम प्रदान गरेको छ । कृषक र उद्यमी छनौट गर्दा दोलखाका स्थानीय तह र पहाडी बाली अनुसन्धान […]

कृषिमा रमाउँदै स्याङ्जाका युवा

स्याङ्जा। केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन् । एक समय कृषि पेशा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापङ्क्ति अहिले भने यो पेशाप्रति आकर्षित हुन थालेका छन् । नेपालका युवाको रोजाइमा पर्ने गरेको वैदेशिक रोजगारीलाई कोरोना महामारीले समस्यामा पारेपछि नेपाली युवा विकल्पका रुपमा कृषि पेशामा आउन चाहेका हुन् । […]

उन्नतजातको मकैको बीउ अभाव

चितवन।  मकै लगाउने मौसममा बीउको अभाव भएको छ । हरियो घोगा र कुखुराको दानाका लागि उत्पादनको समयमै मकै बिक्री भएपछि बीउ अभाव भएको हो । कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमराज अर्यालका अनुसार बीउका लागि उत्पादन गरिने मकैका उत्पादन गर्न अपनाउनु पर्ने प्रक्रिया कृषकले झन्झटिलो मान्न थालेकाले बीउको अभाव भएको हो । उनका अनुसार […]

जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

जाजरकोट। मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक […]

चिउरी कटानले मह उत्पादनमा कमी

जाजरकोट। वर्सेनि वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो । जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जङ्गल मासिने क्रम बढेको छ । पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा […]