मकवानपुर। लकडाउन र निशेधाज्ञाको असर सबै क्षेत्रमा परिरहेको बेला यसको गम्भिर असर तरकारी उत्पादक किसानमा पनि परेको छ । जसका कारण यसबर्ष तरकारी उत्पादन राम्रो भएपनि विक्री भने ७० प्रतिशत घटेको किसानको गुनासो छ । लामो समयको मेहनत पश्चात उत्पादन गरेको तरकारी गत वर्ष जस्तो नष्ट गर्नु पर्ने अवस्थामा पुगेको भिम्फेदी -५ का किसान दिपक पुडासैनीले बताए ।
हेटौंडाका चार वटै नाकाबाट तरकारी तथा दूधको कुनै पनी सवारी साधन बजार क्षेत्र प्रवेश गर्न नपाउँदा किसानले उत्पादन गरेको कृषि उपज बारीमै कुहिन थालेको छ । । यता जिल्ला प्रसासन कार्यालय मकवानपुरले भने दूग्ध तथा तरकारीको ढुवानीमा रोक नलगाएको तर, मुख्य भिड हुने थोक बजार क्षेत्र मात्र बन्द गरिएको सूचना अधिकारी देव चन्द्र गर्तौलाले जानकारी दिए ।
जिल्ला प्रसासन कार्यालय मकवानपुरले बैशाख १९ गते देखि जारी गरेको निशेधाज्ञा अझै जारी छ ।
सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधन चल्न दिने भने पनि निषेधाज्ञाका कारण कृषि उत्पादन बजारसम्म पुर्याउन नपाएर खेतबारीमै कुहिन थालेको कृषकहरू बताउँछन् ।