समाचार

सुत्केरी महिलालाई तेल, कुखुरा र न्यानो कपडा

जाजरकोट। जाजरकोटको जुनिचाँदे गाउँपालिकाले ५०० जनाभन्दा बढी सुत्केरी महिलालाई तेल, कुखुरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाउँपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि १ हजार ५००, तोरीको तेलका लागि ५०० रुपैयाँ र बच्चाको न्यानो कपडा किन्नका लागि ५०० गरी २ हजार ५०० रुपैयाँका दरले रकम वितरण गर्ने […]

अदुवाको भाउ घटेपछि किसान निराश

इलाम। अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) रु, छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु. एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको […]

चिराइतोले बजार नपाएपछि खेती छाड्दै किसान

फुङ्लिङ। विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उनी सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुन। जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उनी स्थापित भएका हुन। केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरौ हुन्थे। विगतमा उनी नकै व्यस्त भएका चिराइतो सङ्कलन गर्न । […]

जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू

वाग्मती। सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख नरेश जोशी अनुसार गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो । उहाँले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र एक पटकमा सातरआठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ […]

डोटीमा चितुवा आतङ्क, हप्तादिनमा ८ चौपायाको ज्यान लियो

डोटी। जिल्लामा विगत एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेका छन् । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीको चार बाख्रा र […]

कृषिमन्त्री अर्याल भन्छिन्, ‘पहिलो सलाम किसानलाई’

स्याङ्जा। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन्। गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। विगतमा काम गरिखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिवर्तन हुँदै आएको तर अहिले ती गलत कुराहरु परिवर्तन हुँदै किसानलाई सम्मान गर्ने […]

कृषि उत्पादकत्व वृद्धिका लागि प्रविधिमा जोड : मुख्यमन्त्री गुरुङ

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको बताएका छन्। पोखरा महानगरपालिका–१७ विरौटास्थित कृषि ज्ञान केन्द्र कार्यालयको आज उद्घाटन गर्दै उनले सरकारले कृषि उत्पादन वृद्धिका लागि जमीनको चक्लाबन्दीको साथै व्यावसायिकतामा जोड दिएको बताए। जनसङ्ख्या दरमा आएको वृद्धिसँगै सानो जग्गा, कम लागतमा बढी उत्पादन गर्ने खालको प्रविधियुक्त […]

बाँस बिक्रीबाट मनग्य आम्दानी

विराटनगर। लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आएका जुगल मण्डलले सो कुराको पुष्टि गरेका छन् । उनले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताए । बाँसको […]

घरदैलोमा अण्डा पुर्याउँदै किसान दाना उद्योग

चितवन। यहाँको किसान दाना उद्योग प्रालिले सङ्कलन भएको अण्डा घरदैलोसम्म पुर्याउन थालेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पु¥याउन थालेको हो । उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार देशभर ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । […]

सात वर्षमा पनि निर्माण सम्पन्न भएन चनौली शीत भण्डार

भरतपुर। चितवनको भरतपुर महानगरपालिका–१८ मा निर्माणाधीन चनौली शीत भण्डार सात वर्षमा पनि सम्पन्न हुनसकेको छैन । कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न २०७० वैशाख २७ मा निर्माण शुरु भएको शीत भण्डार अझै सम्पन्न हुन नसकेको हो । यान्त्रिक उपकरण जडान गरी २०७५ सालभित्रमा शीत भण्डार सञ्चालन गर्ने लक्ष्य राखिए पनि तोकिएको […]