एउटै जमिनमा एकै समयमा विभिन्न उचाई भएका रुखहरु तथा बिरुवाहरु वा तरकारीहरु लगाई प्रकाश, पौष्टिक तत्व, जमिन, पानी र खाली ठाउँलाई प्रभावकारी तथा मितव्ययी तरीकाले उपभोग गरी विभिन्न प्रकारका उत्पादन लिने खेतीलाई मल्टिस्टोरी क्रपिङ भनिन्छ । यस प्रविधिबाट खेती गर्दा जैविक विविधता र उत्पादन वद्धि गर्न सकिन्छ । यसले माटो स्वस्थय साथै फिजिकल प्रोपर्टीको सुधार समेत गर्दछ ।

यस मल्टिस्टोरी क्रपिङमा सबैभन्दा अग्लो विरुवाको रुपमा रुखहरु लगाइन्छ जस अन्तर्गत फोडर क्रपको रुपमा बडर, इपिल इपिल, काब्रो, टाकी, खस्रेटी र टिम्बर क्रपको रुपमा बकाइनो, साल, सिसौ साथै फलफुलको रुखको रुपमा अम्बा, आँप, लिच्ची, नास्पति, रुख कटहर लगाइन्छ । बिचको उचाइ भएका विरुवाको रुखमा कफि, केरा अनि सबैभन्दा सानो उचाई भएका विरुवाको रुपमा हर्बस् तथा लहरे बिरुवाहरु साथै तरकारी लगाइन्छ । अग्ला रुखहरुको दुरी फराकिलो हुनुपर्छ जसबाट प्रशस्त मात्रामा प्रकाश तरकारी तथा हर्बस् सम्म पुग्न सकोस । वन खेती पनि मल्टिस्टोरी क्रपिङको एउटा प्रकार हो । हामीले यस खेतीका निम्ति बोट बिरुवाहरु छनौट गर्दा एक अर्कासँग प्रकाश, पौष्टिक तत्व, जमिन, पानी र ठाउँका लागि प्रतिस्पर्धा नगर्ने खालका छान्नुपदर्छ साथै यिनीहरु उच्च मुल्यका तथा उपयोगिताका हुनुपर्दछ जसले दिगो विकासका निम्ती समेत टेवा पुप्याउन सकुन ।

हामीले बिचका र तल्लो उचाइ भएका बिरुवाहरु छनोट गर्दा छायाँ मनपराउँने खालका छान्नुपर्छ जस्तै कफि साथै यिनिहरुका जरा थोरै गहिराई सम्म जाने खालको हुनुपर्छ जस कारण धेरै गहिराई सम्म जाने रुखका जराहरुसँग पानी र पौष्टिक तत्वका निम्ती प्रतिस्पर्दा नहोस भनेर साथसाथै वाटर टेवलको राम्रोसँग उपयोगीता होस भन्नका निम्ती ।

हामीले गर्न सकिने तथा भइरहेका मल्टिस्टोरी क्रपिङका उदाहरण तथा अभ्यासहरु यस प्रकार छन् :
१. नरिवल + कालो मरिच + केरा + ल्वाङ + भुईकटहर
२. सुपारी + अलौंची + बेसार तथा अदुवा
३. सुपारी + केरा + तरकारी
४. फोडर रुख + कफीे
५. अम्बक + बेसार + अइल
६. मेवा / केरा + अइल
७. मेवा / केरा + अदुवा + पिडालु
८. उखु + भिन्डी + प्याज
९. केरा + फुलकोभी + चकुन्दर
१०. भिन्डी + मुला + चकुन्दर + धनिया
११. घिरौला + अइल + काक्राँ
१२. नरिवल + मेवा + भुईकटहर + बदाम
१३. नरिवल + केरा + कफि

बढि प्रचलितमा रहेको र आफ्नो करेसाबारीमा गर्न सकिने कम्बिनेसन भनेको लहरे तरकारीहरु जस्तै तिते करेला, झिङी, लौका, घिरौला आदि जस्ता तरिकारीलाई हामीले प्राय बाँसको थाक्रो लगाउने चल्न छ थाक्रा भन्दाको तल्लो भाग खाली रहने गर्दछ जसमा हामी अइल (elephant foot yam) लगाउन सकिन्छ । यसमध्ये करेला र अइलको जोडी उत्कृष्ट मानिन्छ । यसरी हामीले थोरै तथा एउटै बारीबाट पनि धेरै किसिमका तरकारीको उत्पादन लिन सक्छौं । जुन हाम्रो करेसाबारीका निम्ति निकै फलदायी देखिन्छ ।

त्यसैगरी हामीले तरकारीको बोट र मसलाको बोटलाई जोडी बनाएर समेत खेती गर्न सकिन्छ । जसमा तरकारीहरुमा बन्दा केराउ, काजर त्यसैगरी मसलाको बोटहरुमा धनिया,अज्वाइन लगाउन सकिन्छ ।

मल्टिस्टोरी क्रपिङबाट हामीले धेरै फाइदाहरु लिन सक्छौं । यो प्रविधि पहाडी भाग देखी तराई क्षेत्र सम्म फलदायी देखिन्छ । पहाडी भिरालो जमिन र मार्जिनल जमिनमा Agroforesty based multistory cropping उत्कृष्ट मानिन्छ । जस्ले पहिरोबाट जोगाउनुका साथै माटोको उत्बरा शक्ति बढाई उत्पादनमा समेत वृद्धि गर्दछ र त्यहाँको बासिन्दाहरुको जिवनस्तर उकास्नमा सहयोग गर्दछ । साथै यसले दिगो विकासमा समेत टेवा पुप्याएको पाइन्छ जुन आजको हाम्रो नितान्त आवश्यकता रहेको छ । त्यसैगरी तराई क्षेत्रमा हेर्ने हो भने थोरै ठाउँबाटै हामीले धेरै तथा विभिन्न थरीका तरकारी, फलफुलहरु उत्पादन गर्न सक्छौं । अर्थात हाम्रो जमिनको उत्पादत्व वृद्धि भएको पाइन्छ । त्यसैगरी यस प्रविधिबाट खेती गर्दा जमिनको तल्लो तथा माथिल्लो भागमा रहेको पानी र पोष्टिक तत्वको राम्रोसँग उपयोग गर्न सकिन्छ । यसरी खेती गर्दा हामीले झारपातको समस्याबाट समेत छुटकारा पाउन सक्छौं किनकि यसले घाँसको वृद्धिमा रोक लगाउँछ । यसको अर्को फाइदा भनेको आर्यआर्जनमा वृद्धि गराउनुका साथै जैविक स्थीरता समेत ल्याउँछ अन्य फाइदाहरुमा रुख र लहरे तरकारी सँगै लगाउदा लहरे तरकारीको लहरा रुखमा चढाउन सक्छौं । यहाँ रुखले थाक्राको काम गरेका छ जसबाट हामीले थाक्रामा लाग्ने खर्च जोगाउन सक्छौं । यस प्रविधिलाई करेसा बारीमा प्रयोग गर्दा एकै समयमा विभिन्न थरीका तरकारी तथा फलफुल उपयोग गर्न पाउँछौं जसबाट हामीलाई आवश्यक पर्ने विभिन्न पौष्टिक तत्व पाउनुका साथै तरकारीमा आत्मनिर्भर समेत बन्न सक्छौं ।

यसरी हामीले थोरै जमिनबाट र थोरै खर्च तथा लगानीमा धेरै उत्पादन साथै धेरै आम्दानी लिन सक्छौं । यदि हामी प्रत्येकले आ–आफ्नो सानो करेसा बारीमा यो प्रविधि अपनाउने हो भने तरकारीको क्षेत्रमा पकै पनि हाम्रो देश नेपाल आत्मनिर्भर बन्ने छ । त्यसै गरी हाम्रा देशमा साना तथा गरिब किसानहरुले यस प्रविधिलाई अपनाउन सकेमा राम्रो आम्दानी लिई आफ्नो आर्थिक उन्नती गर्न सक्छन । प्राय हामीले एकल खेतीलाई मात्र प्राथमिकतामा राखेको पाउँछ र multistory cropping लाई खासै प्राथमिकता दिएको पाइदैन । तसर्थ यति बहुउपयोगी र बहुफलदायी multistory cropping लाई हामीले आजै देखि महत्व दिइ यस प्रविधिलाई आत्मसाथ गरी अगाडि लैजानु पर्ने देखिन्छ । आशा छ हजुरहरुले यो लेख पढिसके पछि आफ्नो करेसा बारीमा पकै पनि यो प्रविधि अवलम्बन गर्नुहुनेछ र देशलाई आत्मनिर्धर बनाउन सहयोग गर्नु हुनेछ । अन्तत यस Multi-storied cropping लाई अन्य नामहरुबाट पनि चिनिन्छ जस्तै Multi-tier, Multi-layer and vertical farming.