ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब रुपैयाँ बजेट माग गरी कार्यक्रम पठाएको छ । संघीय सरकारतर्फ ३२ अर्ब र प्रदेश र स्थानीय सरकारमा जाने गरी ९ अर्ब  बजेट माग भएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए । यो चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई विनियोजन गरिएको भन्दा करिब ७ अर्ब बढी हो ।