निर्णय रामनाथ अधिकारीको, चर्चा गीता चौधरीको
ललितपुर। दुग्ध विकास संस्थानका कर्मचारीलाई संस्थानबाट सित्तैँमा उपलब्ध गराइँदै आएको दूध–घिउ सुविधा रोक्ने विषय फेरि चर्चामा आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको सचिवालयले “अब कर्मचारीले सित्तैँमा दूध–घिउ नपाउने” र यसबाट वार्षिक करिब ३ करोड रुपैयाँ जोगिने दाबी गर्दै प्रचार गरिरहेको छ। तर, उक्त निर्णय नयाँ नभई अघिल्लो नेतृत्वकै पालामा गरिएको पाइएको छ। […]





