समाचार

अंगुर र स्याउका बिरुवा लगाउँदा अनुदान

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अंगुर र स्याउका बिरुवा लगाएवापत कृषकलाई ३७ लाख ८५ हजार ६ सय अनुदान उपलब्ध गराएको छ। कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गराइ नगरलाई आर्थिक समृद्धि बनाउने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाले कृषकलाई अनुदान वितरण गरेको हो। त्रिपुरासुन्दरी नगरपालिकाका वार्ड नम्बर ३,४,६,७,८ र १० का कृषकलाई स्याउका बिरुवा लगाएबापत ३१ लाख १७ हजार अनुदान बितरण […]

बाराका दूध किसान आन्दोलित

सिमरा। सरकारले दूधको मूल्य घटाएको विरोधमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । बिहीबार बिहान जितपुरसिमरा उपमहानगरपालिका˗१८ मनहर्वाका किसानले सरकारको विरोधमा सडकमा दूध पोखेका हुन् । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको मनहर्वा उपकेन्द्रमा आबद्ध १५० बढी किसानले मानमत˗कलैया सडक खण्डको मोतीचोकमा दूध पोखेर सरकारको विरोध गरेका हुन् । नेपाल […]

एक घर एक टनेल

पर्वत। सबै गाउँलेलाई आत्मनिर्भर बनाउन महाशिला गाउँपालिकाले एक घर एक टनेल कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बजेट छुट्याएर कम्तीमा ५० प्रतिशत घरधुरीमा व्यावसायिक तरकारी खेती विस्तार गर्ने भएको हो । महाशिलामा करिब दुई हजार घरधुरी रहेका छन् । गाउँपालिकाका अध्यक्ष राजु पौडेलले त्यसका लागि ३३ लाख रुपैयाँ बजेट विनियोजन गरि सकेको जानकारी दिए । ‘सबै गाउँलेलाई आत्मनिर्भर […]

मुलुकभर ९५.४० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर। चालु अर्थिक वर्ष ०७५/७६ मा मुलुकमा ५५ लाख टनभन्दा बढी धान उत्पादन हुने भएको छ । रोपाईं बढेको, मौसमले साथ दिएको, हालसम्म आवश्यक मलखाद्य, बिउ-बिजन उपलब्ध भएकोले उत्पादन बढ्ने विज्ञले दावी गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबारसम्ममा मुलुकभर ९५.४० प्रतिशत धान रोपिएको बताएको छ । १५ लाख ५२ हजार ४ सय […]

‘एक गाबिस एक कृषि प्राविधिक’ परिचालन गरिने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साबिकमा विभिन्न गाबिसमा खटिएका एक गाबिस एक कृषि प्राविधिक अन्तर्गत करारमा भर्ना भएका कर्मचारीलाई स्थानीय तहमा परिचालन गर्न निर्देशन दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । कृषि विभागअन्तर्गत एक गाबिस एक कृषि प्राविधिकतफृ कृषि सेवा […]

दुध किसानको समस्या समाधान गर्न कार्यदल गठन

ललितपुर। लामो समयदेखि दुधको गुणस्तर, मुल्य र किसानकाले पाउने दुधको मुल्यका बिषयमा देखिएको समस्या समाधान गर्न सरकारले कार्यदल गठन गरेको छ । दुध किसानका समस्या विषयमा अध्ययन गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले बाबुकाजी पन्तको अध्यक्षतामा कार्यदल गठन गरेको हो । उक्त कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ । उक्त कार्यदल समितिले स्थलगत रुपमा काभ्रे, […]

करै कर: मकै पोले ४५,भैँसी बेचे हजार, बारीको रुख काट्दा २ सय

काठमाडौं । मुलुक संघीय राज्य प्रणालीमा गएपछि संघ, प्रदेश र संघीय सरकारले लगाएको दोहोरो र अन्य अस्वभावीक करको मारमा जनता परिरहेका छन । एउटै आर्थिक क्रियाकलापमा पनि विभिन्न बहनामा दोहोरो तथा अस्वभाविक रुपमा कर लागाएपछि जनता भने मारमा परेका हुन् । दोहोरो तथा अस्वभाविक कर असुलीको विरोधमा देश ब्यापी रुपमा विरोद्ध भएपनि सरकारले कुनै ठोस […]

वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा

काठमाडौं । विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भए पनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ। मन्त्रालयले ५१६ विभिन्न निकायलाई फरक फरक १२ प्रयोजनका लागि सरकारी वन क्षेत्रको उक्त जग्गा प्रयोग गर्न दिएको हो। जसमध्ये सबैभन्दा बढी जलविद्युत् र विद्युत् […]

विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको चेतावनी

ललितपुर। काठमाडौंमा ठुलो वर्षा सुरु भएको छ । जल तथा मौसम बिज्ञान बिभागले काठमाडौँको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्वस बादल सहित ठुलो वर्षा शुरु भएको जानकारी दिएको हो । बिभागले ४ बजेर ४० मिनेटमा एक सूचना जारी गर्दै ठुलो बर्षा सुरु भएकोले सर्तर्क रहन आग्रह गरेको हो । बिभागले बिशेष गरी विष्णुमती र धोविखोलामा आकस्मिक बाढी (Flash […]

दूध र उखु पछि च्याउ किसान पनि आन्दोलित

बुटवल। नेपाल च्याउ उत्पादक किसान संघले च्याउ किसानका समस्या समाधानको लागि प्रदेश नम्बर ५ का कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेललाई ज्ञापन पत्र बुझाएको छ । च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्य गंगाधर शर्मा नेतृत्वको एक टोलीले बुधबार प्रदेश नम्बर ५ की भुमि व्यस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई भेटर च्याउ किसानहरुको […]