समाचार

दुई हजार ३०० जातका धान

ललितपुर। नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता पाइएको हो । स्थानीय जातका बीउ हराउन नदिन धानको बीउ संकलन गर्दै आएको केन्द्रमा वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत र हाइब्रिडको […]

स्थानीय तहमा कर : खसीबोकाको २००, भैँसीको ५००

डडेलधुरा। कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमेत थपिएका छन्। स्थानीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन्। गाउँपालिकाले प्रतिखसीबोका २०० रुपैयाँका दरले निकासी कर लिन थालेको छ। दूध नदिने बूढा भइसकेका भैँसी संकल गरी बिक्री गर्ने कारोबारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरूले लिने प्रतिभैँसी ५०० […]

देशभरका दुग्ध किसान आन्दोलित

ललितपुर। किसानले उत्पादन गरेको दूधको मूल्य घटाइएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघको आह्वानमा देशव्यापीरूपमा किसान आन्दोलनमा उत्रिने भएका छन् । साउन २८ गते जिल्लामा आन्दोलन कमिटी गठन गर्ने, साउन २९ गते देशभरका दुग्ध उत्पादक सहकारी संस्था, सहकारी दुग्ध चिस्यान केन्द्र, दुग्ध विकास संस्थानको चिस्यान केन्द्र र प्राइभेट डेरीको दुग्ध चिस्यान केन्द्रमा कालो झण्डासहित मागपत्रको ब्यानर […]

कृषिविज्ञ केन्द्र माग्दै किसान आन्दोलित

धनगढी ।  आठ दिनदेखि आन्दोलनरत कैलालीका किसानले आइतबार मुख्मन्त्री कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अगाडि धर्ना दिएका छन् । सरकारले कृषिमुखी नीति र बजेट ल्याए पनि राज्यबाट प्रदान हुने सेवा सुविधा प्रदेश सरकारले खोस्न थालेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् । यस अघि जिल्लामा रहेको जिल्ला कृषि विकास कार्यालय यथावत राख्नुपर्ने […]

जसले गाउँलाई नै माछामासुमा आत्मनिर्भर बनाए

बैतडी। मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो । विदेशमा धेरै दुःख गरेर उहाँले चार वर्ष बिताउनुभयो तर पैसा कमाउन सक्नुभएन । त्यहाँ छँदै उहाँले अठोट पनि गर्नुभयो – स्वदेश फर्केर यही पेशा अपनाउने । विदेशबाट फर्केर भण्डारीले श्रीमती […]

मालपोतको सेवा अनलाइनमार्फत

नुवाकोट। जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एक रुपता हुने तथा […]

उखु किसानले पाएनन् अनुदानको रकम

कपिलवस्तु। सरकारले ४ वर्षअघि दिने भनेको अनुदानको रकम उखु कृषकले नपाउदा चिन्तित बनेका छन् । आर्थिक वर्ष २०७१/७२ मा उखु कृषकहरुलाई प्रोत्साहन बापत प्रति क्विण्टल २५ रुपैयाँ अनुदान सरकारले दिने घोषणा गरेको थियो । उखु किसान संघका जिल्ला अध्यक्ष अनुप चौधरीका अनुसार राज्यबाट जिल्लाभरिका किसानले करिब दुई करोड ५० लाख बराबरको अनुदान लिन बाँकी रहेको […]

दूधको मूल्य फिर्ता नगरे चरणबद्ध आन्दोलन गर्ने कृषकको चेतावनी

चितवन। सरकारले दुग्ध उत्पादक कृषकलाई घटाइएको मूल्य फिर्ता नगरे देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । कृषकलाई दिदै आएको दूधको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएर अन्याय गरेको भन्दै कृषकहरुले यसको विरोधमा आन्दोलन गर्ने घोषणा गरेका हुन् । शुक्रवार चितवन जिल्ला दुग्ध उत्पादक सङ्घले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै दुग्ध उत्पादक कृषकहरुले सरकार समक्ष आक्रोश […]

किसानमैत्री बन्न सकेन कृषि विकास बैंक

काठमाडौँ। कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४(७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७४/७५ असारसम्म बैंकले चिया तथा कफी उत्पादनमा २१ करोड ३० लाख लगानी गरेको छ । सो लगानीको झण्डै आधा चियामा लगानी हो […]

किसानले बारी बाटो र बजारसम्म आन्दोलन गर्ने

ललितपुर। नेपाल कृषि उत्पादन तथा बजारिकरण सञ्जालले किसानहरुका थप ७ सुत्रिय माग राख्दै किसानको समस्यालाई गम्भिरताका साथ लिन सरकारलाई आग्रह गरेको छ । शुक्रवार सिंह दरवारमा थप माग राख्दै संजालले उक्त आग्रह गरेको हो । यसअघि श्रावण ९ गते किसान आयोगमा सञ्जाले १४ सुत्रिय माग पेश गरेको थियो । गोलभेंडा लगायतका हरियो तरकारीको मुल्य २ […]