वर्षा घटबढ हुँदा तरकारीमा ढुसी
ललितपुर। तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले गरेको अध्ययनले तरकारीखेतीमा वर्षा र तापक्रम दुवै ठिक्क मात्रामा नहुँदा ढुसीजन्य रोगले आक्रमण गरेको भेटिएको हो। न्यानो र चिस्यान बढी हुँदा ढुसी मौलाउने गरेको महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धरले बताए। माटोमा खाद्य […]





