समाचार

प्रयोगशाला सञ्चालनपछि विषादीको प्रयोगमा कमी

चितवन। चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुन थालेको छ । किसान र उपभोक्ता यसबारे सचेत बन्दै गएकाले विषादीको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको नियमित परीक्षण गर्ने गरिएको छ । कृषि ज्ञान […]

चियामा सुधारको सङ्केत

इलाम। चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ । तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो । लोगो पाएपछि चियामा आशा […]

उत्पादित चीज विक्री नहुँदा स्थानीयस्तरमै अलपत्र

रसुवा। रसुवाको लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज विक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जानकारी दिएको छ । विक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गई त्यसको नोक्सानी आफूले […]

दाङका कृषकले पाएनन् धानको समर्थन मूल्य

दाङ। दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । कृषकले धान विक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा विक्री हुन सकेको छैन । जिल्लामा कृषक तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी खरीदविक्री भइरहेको छ । लमही नगरपालिका–३ फल्कापुरका कमल चौधरीले गत वर्ष मोटो धान रु. दुई हजार क्विन्टल विक्री […]

यान्त्रीकरणको प्रयोग संगैं धान उत्पादनमा वृद्धि

कञ्चनपुर। धानखेतीमा यान्त्रिकरणको प्रयोग बढेसँगै उत्पादनमा वृद्धि हुन थालेको छ । धानखेती गर्ने किसानले आधुनिक प्रविधिसँगै उन्नत जातका धानखेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानको उत्पादन सात प्रतिशतले वृद्धि भएको छ । चालु आवमा धानको उत्पादन दुई लाख १९ हजार ६९ मेट्रिक टन रहेको छ । जुन गत वर्षको […]

खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

पाल्पा। खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट वञ्चित भएसँगै खेतीयोग्य जमिनमा अनुत्पादक जमिनका रुपमा परिणत भएको छ । कालीगण्डकी कोरिडोरको गैँडाकोट, मुक्तिनाथ सडक खण्डको मङरानमा क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन् । सिँचाइको कुलो सडक विस्तारका नाममा छिन्नभिन्न भएपछि खेती हुन छाडेको स्थानीय बासिन्दाको […]

तरकारी खेतीले किसानको मुहार फेरिँदै

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । तरकारीखेतीले उनलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनाएको छ ।उनि विवाह हुनुअघि खेतमा अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्दथ्ये । त्यसले परिवारको खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने […]

विचौलियाको मारमा जडीबुटी उत्पादक कृषक

भोजपुर। तिम्माका जडीबुटी कृषकले उत्पादित वस्तुले उचित मूल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा कृषकहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकको भनाइ छ । सरकारले जडीबुटीको मूल्य तोकिदिएमा बिक्री वितरणमा सहजता […]

नेपालका लागि आर्थिक विकासको बलियो पक्ष कृषि

नेपालको अर्थतन्त्रमा झण्डै एक तिहाई हिस्सा कृषि क्षेत्रले ओगटेको हुनाले कुल ग्रार्हस्थ उत्पादनको वार्षिक वृद्धिदर कृषि क्षेत्रको उत्पादनमा निर्भर रहदै आएको छ । कुल ग्राहस्थ उत्पादनमा अझै पनि कृषि क्षेत्रको योगदान ३४ प्रतिशतको हराहरीमा रहेको छ । जबकि कृषिमा निर्भर जनताको प्रतिशत कुल जनसँख्याको ६५ प्रतिशत छ । सरकारले वर्षेनी कृषिका लागि विभिन्न कार्यक्रमहरु ल्याए […]

कृषि कलामा रमाएका कलाकार

स्याङ्जा। स्याङ्जाका कलाकार कृषि कलामा रमाएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका ९ पकवादी गेझाका कुशुम भण्डारी कृषि कलामा रमाएका हुन् । गाउँको पाखोबारीमा केराखेति गरेर प्रति रोपनी एक लाखसम्म कमाई पनि हुने र घरपरिवार अनि गाउँका साथीहरुसँगै रमाउन सकिने भएपछि कुशुम कृषिमा लागेका हुन् । उनले २०७५ सालदेखि कलाकार कृषि तथा पशुपंछी फर्म सञ्चालन गर्दै […]