समाचार

किसानलाई ड्रागन फ्रुटको बिरुवा

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको […]

स्वदेशमै उत्पादित बायो ग्याँस र प्राङ्गारिक मलको बजार अभाव

कास्की। पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार भने पाउन सकेको छैन । वैकल्पिक ऊर्जाको प्रयोगबाट ग्याँस र मलमा देशलाई आत्मनिर्भर बनाउन योगदान गर्ने उद्देश्य […]

बाँझो जमिनमा खेती गर्ने कृषकले पाए अनुदान

पर्वत। पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन सदुपयोग गरी खेती गर्ने नगरभित्रका ९७ जना कृषकलाई अनुदान रकम वितरण गरेको छ । चालू आर्थिक वर्षमा नगरका ११ वटै वडामा बाँझो जमिन जोतेर खेती गर्न शुरुआत गरेका कृषकलाई रु १० लाख ५१ हजार अनुदान वितरण गरेको हो । कृषकलाई क्षेत्रफलका आधारमा प्रतिरोपनी रु दुई हजारका दरले अनुदान रकम […]

कृषि क्षेत्रबाटै प्रदेश आत्मनिर्भर : मन्त्री पौडेल

चन्द्रौटा। लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि क्षेत्रबाट प्रदेश आत्मनिर्भर हुने बताउनुभएको छ । प्रदेशका नागरिकले व्यावसायिकरुपमा कृषि पेशा गरेमा आत्मनिर्भर बन्न धेरै समय नलाग्ने उहाँले उल्लेख गर्नुभयो । भैँसी विकास स्रोत केन्द्रको शुभारम्भ गर्न आज कपिलवस्तुको विजयनगर पुग्नुभएका मन्त्री पौडेलले विजयनगरवासीले भैँसीपालनबाट राम्रो आम्दानी गर्नसक्ने बताउनुभयो । प्रदेश सरकार अहिले […]

सडक पुगेसँगै व्यवसायी उत्साहित

बनेपा। पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुनुहुन्छ । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उहाँले नियमितरुपमा गर्दै आएको मकै, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र नगदे बालीको खेती गरेर आम्दानी गर्दै आएका छन् । उनी विद्यालय समयबाहेक बिहान र बेलुका कृषि कार्यमा लागेर आम्दानी गर्दै आएका छन् । उनले नियमितरुपमा गर्दै आएको खेतीबाहेक […]

बासमती धानमा भारतको एकल स्वामित्वमाथि नेपालको आपत्ति

ललितपुर। भारतले बासमती धानको भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन) को हक अधिकार स्थापित गर्न युरोपियन युनियन (ईयु) मा निवेदन पेश गरेपछि नेपालले त्यसमा आपत्ति जनाएको छ। बासमती धानमा भारतले लिन खोजेको एकल स्वामित्वका सम्बन्धमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको र नेपाललेसमेत त्यसमा दाबी जनाउने कृषि तथा पशुपंक्षी मन्त्रालयले मंगलबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ। […]

कृषि उद्योगमा युवाको आकर्षण बढ्दै

चितवन। चितवन जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा रू. एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ । गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्योगमा रू। […]

स्थानीयको बरदान बन्दै सिंचाइ आयोजना

सुदूरपश्चिम। कर्णाली नदीको उर्लंदो बाढीले निम्त्याउने बितण्डाले बर्खायाममा त्रासमा बस्दै आएका टीकापुर नगरपालिका–५ का विकास विश्वकर्माको परिवार अब भने ढुक्कसँग घरमा बस्नसक्ने भएको छ । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी-जमरा-कुलरिया सिंचाइ आयोजनाअन्तर्गत कर्णाली नदीको तटीय क्षेत्रमा तटबन्ध गरिएपछि उनको परिवारलाई शान्तिसँग बस्ने वातावरण मिलेको हो । “कर्णालीको उर्लंदो बाढीका कारण नदी तटीय क्षेत्रका […]

बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख

कास्की। पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो । पछि विसं २०६७ मा बाख्रापालन समूह गठन गरियो । विसं २०७१ मा मौजा […]

मूल्य बढाउन उखु उत्पादक किसानको माग

सर्लाही। जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन् । जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम गर्न माग गरेका हुन् । केही वर्षयता सरकारले प्रतिक्विन्टल उखुको मूल्य रु ५३६ र पैसा ५६ तोक्ने […]