समाचार

एग्री सेन्टरद्वारा किसानलाई परिचयपत्र वितरण

झापा। एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण सुरु गरेको छ । झापा गाउँपालिका–३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो । किसानलाई परिचय पत्र वितरण गर्ने यो जिल्लाकै पहिलो संस्था हो । किसानलाई प्रोत्साहन गर्न र […]

अष्ट्रेलिया छोडेकी कुुसुम गाउँमा कृषिकर्मकी अगुवा

पशुपतिनगर। नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने युवायुवतीको लर्को नै लाग्ने गर्छ । इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्ट्रेलियाको बसाई छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छिन् । घरपरिवारसँगै बसेर परम्परागत पेशा तथा व्यापार गर्दागर्दै […]

किसानलाई तीन वर्गमा विभाजन गरी निवृत्तिभरण वितरण गर्दै गाउँपालिका

गुल्मी। कृषि र कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न छत्रकोट गाउँपालिकाले किसानलाई निवृत्तिभरण कार्यक्रम शुरुआत गर्ने भएको छ । निवृत्तिभरण दिने योजना बनाउने छत्रकोट गुल्मीको पहिलो गाउँपालिका भएको जनाइएको छ । खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्दै समृद्ध किसान बनाउने उद्देश्यले निवृत्तिभरण कार्यक्रम शुरु गर्न लागेको हो । यसका लागि नवौं गाउँसभाबाट ‘किसान […]

बगरमा उखुखेती, आम्दानीको गतिलो स्रोत

कञ्चनपुर। नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई करोड बढीको उखु बिक्री गर्दै आएका छन् । पछिल्लो समय उनीहरुले ट्रेञ्च प्रविधिको प्रयोग गरी उखु रोप्दै आएका छन् । यस प्रविधिबाट गरिएको खेतीमा सिँचाइमा पानीको […]

कृष्णसार ल्याउन अध्ययन सुरु

चितवन। वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्न थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र […]

पाकेको सुन्तला कुहिएर झरेपछि कृषक मर्कामा

पाँचथर। पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक […]

इतिहास बोकेको इलामको चिया बगान मासिँदै

इलाम। ‘इलाममै शहर, चियाबारी राम्रो त्यही प¥यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि । गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला रु तर इलामका सरकारी चियाबगानमध्ये इलाम सदरमुकामभित्रै पर्ने इलाम चिया […]

जलपन्छी गणना गरिँदै

ललितपुर। हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको […]

बारामा तीन अर्ब ३४ करोडको अगहनी धान उत्पादन

बारा। बारामा यस वर्ष रु तीन अर्ब ३३ करोड ९६ लाख ७ सय ५० बराबरको एक लाख ४५ हजार २ सय १ मेट्रिकटन अगहनी धान उत्पादन भएको छ । कृषकहरुले यस वर्ष सोना मंसुली, सावित्री, स्वर्णसवा एक, सवा मङ्सुली, राधा ११, राधा नौ जातका अगहनी धान कूल ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा खेती […]

बन्दाबन्दीले डोर्‍यायो च्याउखेतीतर्फ

महेन्द्रनगर। कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेसियाबाट घर बिदामा आए । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेसिया बिताएर बिदामा आएको केही समयपछि कोरोना भाइरस संक्रमणले मुलुकमा बन्दाबन्दी भएपछि रानाको मलेसिया जाने सोच सफल हुन सकेन् । गत चैतको दोस्रो सातादेखि यहाँ बन्दाबन्दी गरिएपछि घर खर्च चलाउने चिन्ताले केही समय गाउँमै भौँतारिएका रानाले […]