समाचार

पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छिन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘अब सबै मान्छे श्रममा नजोडिइकन पूँजीको विकास गर्न सकिदैन । पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो । पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।’ श्रमलाई सम्मान गर्ने […]

व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

दाङ। कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा […]

एउटै गाउँमा डेढ करोड रुपैयाँको सुन्तला उत्पादन

पर्वत। सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल […]

कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्नु ओलीको राष्ट्रघाती कदम : डा. भट्टराई

ललितपुर। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन् । डा. भट्टराईले सरकारले छापामार शैलीमा कृषिमा वैदेशिक लगानी खुला गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रघाती, जनघाती र सबै हिसाबले गलत भएको बताएका छन् । शुक्रबार ट्विटमार्फत डा. भट्टराईले वैदेशिक […]

काठमाडौंको तापक्रम शून्य डिग्रीमा, जुम्ला सबैभन्दा चिसो

ललितपुर। संघीय राजधानी काठमाडौं आज वर्षकै सबैभन्दा चिसो बनेको छ । आज काठमाडौंको न्युनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको छ । आज देशभरमा जुम्ला सबैभन्दा चिसो बनेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्रीसम्म पुगेको छ […]

अर्गानिक खेती प्रणाली प्रोत्साहित बन्ने कार्यक्रम बनाउन कृषिमन्त्रीको निर्देशन

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरूलाई निर्देशन दिएकी छिन्। मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज ९बिहिवार० मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन्। पुल्चोकस्थित विभागहरूको अनुगमन, निरीक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरूका […]

किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

ललितपुर। उखु किसानको बक्यौता नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई पर्सा प्रहरीको समन्वयमा अपराध महाशाखाले पक्राउ गरेको हो । उखु किसानहरु अघिल्लो वर्ष भएको सम्झौता कार्यान्वयन नभएपछि पुन आन्दोलनका लागि काठमाडौं आएपछि सरकारले बक्यौता नतिर्ने मिल सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । उक्त मिलले करिब १७ करोड […]

सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुन्छः मुख्यमन्त्री पौडेल

वाग्मती। वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध […]

अब सुन्तलाको जुस

जाजरकोट। सुन्तलाको व्यावसायिक खेतीसँगै यहाँका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन् । सबै ग्राहकका आँखा लाग्ने सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट (साना सुन्तला) […]

गुड उद्योग धराशायी हुने चिन्ता

महेन्द्रनगर। कुनै समय स्थानीय ठाउँमा साना गुड उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका उखु किसान पछिल्लो समय उद्योग नै धराशयी हुने चिन्तामा छन् । कञ्चनपुरमा नगदे बालीका रुपमा उखु खेती गर्दै त्यहाँका बस्तीमा गुड उद्योग सञ्चालन गरिरहेका किसान स्थानीय उत्पादनले बजार नपाउँदा उद्योग नै विस्थापित हुँदै गएको दुःखेसो पोखेका छन् । त्यहाँको घरेलु तथा […]