पाल्पा। निस्दी गाउँपालिकाले आर्थिक वर्ष ७७/७८ को गाउँ सभाबाट पारितभै संचालन गर्नुपर्ने कृषि कार्यक्रमको लागि प्रस्ताव आव्हान गरेको छ । यसका लागि कृषि शाखाले एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न कृषक, कृषि समुह, कृषि सहकारी र नीजि उद्यमीलाई आव्हान गरेको हो ।

संचालन हुने कार्यक्रमहरु :
१. साना सिंचाई निर्माण तथा मर्मत संभार कार्यक्रम
२. प्लाष्टिक पोखरी निर्माणको लागि सिलपोलिन शत प्रतिशत अनुदान
३. च्याउ बीउ किट ७५ प्रतिशत अनुदानमा कन्ये च्याउ
४. हाईब्रिड तरकारी बीउ ७५ प्रतिशत अनुदानमा (कृषककको माग अनरुप)
५. प्लाष्टिक टनेल निर्माणको लागि सिलपोनिन ७५ प्रतिशत अनुदानमा
६. मौरी खाली घार ७५ प्रतिशत अनुदानमा
७. मौरी रानो सहित गोला घार ७५ प्रतिशत अनुदानमा
८. औजार उपकरण (प्लाष्टिक स्प्रेयर) ७५ प्रतिशत अनुदानमा
९. बीउ भण्डारणका लागि मेटलबिन ७५ प्रतिशत अनुदानमा
१०. व्यवसायीक मौरी पालक कृषकहरुलाई मौरी जन्य सामाग्री शत प्रतिशत अनुदानमा

थप जानकारीका लागि : ९८५७०६८०२५

सूचना हेर्नुहोस :