किसान

बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) वितरण गरिने

बुटवल।  दुध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षमा थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने भएको छ । विदेश बाट आयात गरिएको बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने भएको हो । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नस्ल सुधारको लागि उक्त योजना अगाडी बढाइएको देवदह […]

रोल्पाको तरकारी बुटवलसम्म

रोल्पा। दक्षिण रोल्पाका किसान अहिले व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन् । परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेकाले यो पेशाप्रति उत्साह थपिएको किसानले बताएका छन् । खेतमा उत्पादन गरेको तरकारीको बिक्रीबाट वार्षिक रु तीन […]

फोहोरबाट मोहर बनाउँदै महिला

लहान। सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका रुपमा फ्याँक्न होइन्, ती फोहोरबाट मोहर बनाउन हतारो हुन्छ । बिहानै टिपेको झारपात र गोबरलाई गोडमेल गरी त्यसमा कृषि चुना प्रयोग गरेर चौधरीले जैविक मल बनाउँदै आएका […]

केरामा थोपा सिँचाई प्रणाली जडान प्रभावकारी बन्दै

कञ्चनपुर। भीमदत्त नगरपालिका वडा नं. ३ नौलाखेतमा केरामा थोपा सिँचाई प्रणाली जडान गरिएको छ । केराको उत्पादन बढाउन नौलाखेतमा चार विगाहा आधुनिक प्रविधिबाट थोपा सिँचाई प्रणाली जडान गरिएको हो । भीनपाको कृषि विकास शाखाले नमूनाका रुपमा अघि बढाउन चालु आर्थिक वर्षमा नौलाखेबाट थोपा सिँचाई जडान गरेको छ । आगामी वर्ष यसलाई बढाउने लक्ष्य राखेर जडान […]

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु

पाल्पा । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । बगनासकाली […]

दूधमा अनुदान दिन शुरु

चितवन। भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ । महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध […]

चितवन केरा फँडानी प्रकरणः ६ जना कारागार चलान, १ अझै फरार

चितवन। पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले रु दुई लाख ५० हजार […]

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री गरेका छन् । रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा किसानले विकको […]

२ लाख राशीको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार राजेन्द्रराज पन्तलाई

काठमाडौं। सरकारले यस आर्थिक वर्ष २०७४/७५ को सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार राजेन्द्रराज पन्तलाई दिने घोषणा गरेको छ । गोरखा पालुङटार नगरपालिका वडा नं ७ का उनलाई गाई पालन विधामा उक्त राष्ट्रियपति सर्वोकृष्ट पुरस्कार वितरण तथा सम्मान गर्न लागेको हो । गाई पालक पन्तलाई पुरस्कार स्वरुप नगद २ लाख रुपैयाँ तथा प्रमाण पत्र लगायतले सम्मान् गरिने मन्त्रालयको […]

पशुमा नाम्ले रोगको प्रकोप

स्याङ्जा। स्याङ्जाको वालिङ ९ मा पशुहरुमा नाम्ले जुका रोगको प्रकोप देखिएको छ । वालिङ नगरपालिका वडा नं। ९ मा हरेको सप्तरङ्गी कृषि सहकारीले एक दिने निशुल्क पशु शिविरबाट पशुहरुमा नाम्ले रोग देखा परेको हो । पशुमा लाग्ने रोग पत्ता लगाँउन र निराकरण गर्न सहकारीले संचालन गरेको शिविर बाट पशुमा माटे जुकाको रोग देखिएको प्राविधिकहरुले बताएका […]