किसान

‘एक गाउँ एक उत्पादन’ अभियान सञ्चालन हुने

पोखरा। कास्की जिल्लाको रुपा गाउँपालिकामा आर्थिक वर्ष २०७५/७६ देखि ‘एक गाउँ एक उत्पादन’ अभियान सञ्चालन हुने भएकोछ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्षका साथ ७ वटै वडामा माटो परीक्षण एवं सम्भाव्यता अध्ययनका आधारमा सिफारिस गरिएका विभिन्न बाली तथा उपजको पकेट क्षेत्र सञ्चालन गरिने छ । युवा शक्तिलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षण गरी स्वदेशमै स्वरोजगार सिर्जना […]

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

कञ्चनपुर। आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ। इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उनको आम्दानी तीन गुणाले बढेको हो । आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उनले प्रति बिगाहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। यसअघि परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रति […]

दैनिक सवा करोडको दूध फ्याँक्दै किसान

विराटनगर। प्रदेश नम्बर १ का किसानको दैनिक १ करोड २५ लाखभन्दा बढी मूल्यको २ लाख ८५ हजार लिटर दूधले बजार पाउन सकेको छैन। प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानको दैनिक सवा करोड मूल्य बराबरको दूध विक्री गर्न नपाएको जानकारी दिएको हो । दूध नबिकेपछि झापा जिल्लाको शरणामतीका किसानले गत […]

जनसङ्ख्या दोब्बर, धान उत्पादन कछुवा गतिमा

ललितपुर। असार महिना ‘मानो रोपेर मुरी फलाउने दिन । असार १५ गते धान दिवस । ‘धान उत्पादनमा वृद्धि , राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन […]

कृषि प्राविधिक पढेका युवा व्यवसायिक तरकारी खेतीमा

दैलेख। दुल्लु नगरपालिका १३ मालिकाका निम बहादुर भण्डारी कृषि जेटिए अध्ययन गरेका युवा हुन् । बर्दियामा रहेको गुरासँ उच्च माध्यामिक विद्यालयमा १५ महिने कृषि जेटिए पढेका भण्डारी केहि समय जागरिको खोजीमा भौतारिए । सरकारी होस या प्राइभेट भएपनि जागरिको खोजीमा रहँदा भण्डारीले दैलेखको सोसेक संस्थामा रहेर ओजेटि गरे । आजेटि गर्दा गर्दै उनलाई तरकारी खेती […]

भदौं ४ पछि मोहियानी हक नलाग्ने

काठमाडौं। यहि भदौ ४ गतेपछि जमिनमा मोहियानी हक नलाग्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भदौ ४ गतेपछि जमिनमा मोहियानी हक कायम नहुने स्पष्ट पारेको हो । तर सो अवधी भित्र मोहियानी हक भएका जग्गाधनीहरुले निवेदन दिएर आफ्नो जमिन प्राप्त गर्न सक्नेछन् । मन्त्रालयले भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदन पेश […]

प्रदेश नं ५ मा कृषिमा अनुदानै अनुदान

बुटवल। प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि […]

घट्दै किम्बु खेती गर्ने किसान

चितवन। भण्डारास्थित किम्बु नर्सरी व्यवस्थापन केन्द्रले यसवर्ष १३ लाख किम्बुको बिरुवा हुर्काएको छ । केन्द्रका प्रमुख पर्शुराम अधिकारीका अनुसार मंसिर र पुसमा हाँगा काटेर रोपिएका किम्बु यतिबेला रोप्नका लागि तयार भएको र असार र साउन महिनामा मात्रै रोपिने भएकाले ती बिरुवा देशका विभिन्न भागमा पठाउन थालिएको हो । सरकारीस्तरका धनकुटा, सुनसरीको इटहरी, काभ्रेको खोपासी, भक्तपुरको […]

सक्रिय गाईपालक कृषकलाई प्रोत्साहन स्वरुप बीस हजार दिइने

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गाईपालक कृषकले प्रोत्साहनस्वप २० हजार पाउने भएका छन् । आफ्नो गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईपालक कृषकलाई प्रोत्साहन दिन गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कम्तीमा दुई वटा गाई पालेका कृषकलाई गोठ सुधारका लागि १५ हजार र दानापानीका लागि पाँच हजार गरी २० हजार नगदै प्रोत्साहनस्वप दिने कार्यविधि बनाइएको गाउँपालिका […]

उपभोक्तलाई निःशुल्क बोका वितरण

कञ्चनपुर । कञ्चनपुरमा रहेको राष्ट्रिय प्रकृतिक संरक्षण कोषले निःशुल्क रुपमा उन्नत जातको नश्लको बोयर बोका वितरण गरेको छ । मध्यवर्ति क्षेत्रमा रहेका ६ समुहलाई राष्ट्रिय प्रकृतिक संरक्षण कोष र यु.एस.यफ.डव्लु.एस. को आर्थिक सहयोगमा १३ वटा बोयर प्रजातिको बोकाहरु त्रिपक्षीय सम्भौताको आधारमा गरीव बिपन वर्गका कृर्षकहरुलाई गोला प्रथाका आधारमा वितरण गरीएको हो । वितरण गरिएका १३ […]