किसान

मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

काठमाडौँ। पचास हजार पाँच सय भन्दा बढी मोही र जग्गाधनीले मोहियानी हक दाबी गर्दै भूमिसुधार कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । काठमाडौँमा ५१ हजार २०६ मोही छन् । तीमध्ये ५० हजार ५०० ले मोही जग्गा बीचको विवाद सुल्झाउन निवेदन दर्ता गराएको भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । दर्ता भएका निवेदनमध्ये तीन […]

च्याउले बजार पाएन

रोल्पा। आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ । सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालेको हो । सो खेती गर्न विद्यालयले रु ३ लाख लगानी गरेको बताइएको छ । […]

बाराका दूध किसान आन्दोलित

सिमरा। सरकारले दूधको मूल्य घटाएको विरोधमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । बिहीबार बिहान जितपुरसिमरा उपमहानगरपालिका˗१८ मनहर्वाका किसानले सरकारको विरोधमा सडकमा दूध पोखेका हुन् । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको मनहर्वा उपकेन्द्रमा आबद्ध १५० बढी किसानले मानमत˗कलैया सडक खण्डको मोतीचोकमा दूध पोखेर सरकारको विरोध गरेका हुन् । नेपाल […]

एक घर एक कागती बिरुवा

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीलाई कागतीको बिरुवा बाँडेको छ । गाउँले ‘सबै घर कागतीको बोट’ अभियान सुरु गरेको हो । सबैका लागि कागती आवश्यक हुने र कागतीमा भिटामिन सी पाइने भएकाले गाउँलाई कागतीमय बनाउन यस्तो अभियान थालिएको अध्यक्ष खिमबहादुर थापाले बताए । गाउँमा गत वर्षदेखि नै कागती रोपण अभियान सुरु भएको थियो । […]

दुई हजार ३०० जातका धान

ललितपुर। नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता पाइएको हो । स्थानीय जातका बीउ हराउन नदिन धानको बीउ संकलन गर्दै आएको केन्द्रमा वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत र हाइब्रिडको […]

जसले गाउँलाई नै माछामासुमा आत्मनिर्भर बनाए

बैतडी। मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो । विदेशमा धेरै दुःख गरेर उहाँले चार वर्ष बिताउनुभयो तर पैसा कमाउन सक्नुभएन । त्यहाँ छँदै उहाँले अठोट पनि गर्नुभयो – स्वदेश फर्केर यही पेशा अपनाउने । विदेशबाट फर्केर भण्डारीले श्रीमती […]

च्याउले फेरिएको जीवन

बाँके। बाँके केगाउँका लालबहादुर सुनार ६ वर्ष कुवेतमा बसे । गोब्रे च्याउ र तरकारी खेती गर्ने उनको डिउटी थियो । मासिक ८२ हजारसम्म बुझ्थे । विदेश गएको दुई वर्ष पुग्दै गर्दा घरमा रहेकी श्रीमती अर्कैसँग हिडिन्, दुई वर्षको छोरीलाई माइतीमा छोडेर । श्रीमती त अर्कैसँग गइन्, उनले जादा जादै विदेशबाट पठाएको दुई लाख ८२ हजारसहित […]

जसले २० बोटमा फलेको एवोकाडो बिक्रि गरी २ लाख कमाए

धनकुटा। एवोकार्डोको धनकुटामा व्यवसायीक रुपमै खेति सुरु गरिएको छ । घर कम्पाउण्ड र करेसाबारी भीत्र कतैकतै सौखका लागि एकदुई बोट रोपेको देखिने घिउ फल पनि भनिने एबोकाडोमा ब्यबशायीक भबिष्य देखेका किसान यसतर्फ आकर्षित भएका हुन् । धनकुटा तीन कागतेका दामोदर वाग्लेले करेसाबारीमा हुर्किएका २० बोटबाट गत सिजनमा दुईलाख रुपैयाँको एवोकाडो बिक्रि गरे । राम्रो बजार […]

भैँसीलाई सुत्केरी पोषण भत्ता

रामेछाप। जिल्लामा पहिलो पटक सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषण भत्ता स्वरुप तीन हजार रुपैँया सुत्केरी भत्ता उपलव्ध गराएको छ । सुत्केरी भैँसीलाई राम्रोसँग स्याहारसुसार, खानपिन र आहारविहारमा ध्यान दिनुपर्ने सन्देश जिल्लाको पशुपालक किसानहरुलाई प्रबाह गराउन पहिलो पटक पशु आहार सुत्केरी भत्ता बितरण गरिएको हो। सुनापति गाउँपालिकामा पशुपालन गर्दै आएका सात किसानलाई तीन […]

सिगापुरमा ‘ए’ लेवल पढेर नेपालमा माछापालन

मनाङ । सिगापुरमा ‘ए’ लेवल पढेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब तीन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढवर्षदेखि उनी व्यवसाय शुरु गर्दै आएका छन् । समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा सञ्चालन गरिएको यस माछाफार्म हिमाली जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको छ […]