चोभारस्थित फलफूल संकलन केन्द्रको निर्माण सुस्त, विश्व बैंकको करोडौं अनुदान फिर्ता हुँदै
काठमाडौं । चोभारमा बन्न लागेको फलफूल तथा पुष्प संकलन केन्द्रको निर्माण कार्य सुस्त हुँदा विश्व बैंकको करोडौं अनुदान रकम फिर्ता हुने भएको छ। केन्द्रको निर्माण २० प्रतिशत पनि हुन सकेको छैन। विश्व बैंकको सहयोगमा संचालित ‘व्यवसायिक व्यापार आयोजना’को अवधि सकिनै लाग्दा निर्माण कछुवा गतिमा भैरहेको छ। बाहिरबाट आयात गरी काठमाडौ उपत्यकाको लागि फलफूल तथा पुष्प […]





