मसुरो कस्तो हावापानीमा लगाउन सकिन्छ :

मसुरो हिउंदेबाली हो र यसलाई चिसोपानी चाहिन्छ तर पाक्नको लागि भने गर्मी हावापानी हुनु पर्दछ । यसको खेती तीनहजार मिटर उचाई भएको स्थानसम्म गर्न सकिन्छ ।

मसुर्रो खेती कस्तो माटोमा गर्न सकिन्छ :

पानी नजम्ने माटो हुनु पर्दछ । दुमट माटो र माटोको पि.एच. न्युट्रल हुनु यसका लागि वेश हो । आम्लीय माटो यो बालीका लागि उपयुक्त हुंदैन ।

नेपालमा मसुरो बालीका लागि सिफारिस जातहरु के के हुन :

हालसम्म १० वटा जातहरु कृषकहरुका लागि खेतीगर्न सिफारिस भएका छन् ती हुनः सिन्दुर, सिम्रिक, शिशिर, सिमल, शिखर, खजुरा मसुरो १, खजुरा मसुरो २, शितल, महेशवर भारती र सगुन ।

लोकप्रिय जात कुन हो र यसको विशेषता के हो :

शिशिर, महेशवर भारती, खजुरा, मसुरो १ । रोग सहने, बढी उत्पादन दिने ।

मसुरो लगाउने उपयुक्त समय कुन हो :

बाली लगाउने समय ठाउं अनुसार केहि फरक पर्दछ । साधारणतया मसुरोका लागि आश्विन महिनाको अन्त तथा कार्तिकको पहिलो हप्ता उपयुक्त पाईएको छ ।

वीउको दर कति हुनु पर्दछ :

३०–४० के.जी.।हेक्टर, जात अनुसार केहि फरक पर्दछ ।

मसुरोका लागि उपयुक्त मलखाद दरकति हो :

कोशेबाली भएकाले नाईट्रोजन हावाबाट संचित गरे पनि संचित गर्ने जिवाणुलाई सक्रिय बनाउन र मल संचित गर्न नाईट्रोजन युक्त मल पनि दिनु पर्दछ । फस्फोरस युक्त मल पनि अझ आवश्यक नै पर्दछ । यो बाली धेरै जसो धान खेतमा लगाईने भएकाले जिङ्क पनि दिनु पर्दछ । बालीका लागि परिमाण यस प्रकार छस्

तत्व मल            मात्र               स्रोत :

नाईट्रोजन     २० २५ के.जी.      हे.डि.ए.पी.

फस्फोरस      ५० ६० के.जी.    हे. डि.ए.पी.

जिंक सल्फेट  २५ केजी.         हे.

माथि भने अनुसार, फस्फोरस पाउन डि.ए.पी. ११०–१३० के।जी॰ हेक्टर (डेढ विगाहा) चाहिन्छ भने यूरिया खास आवश्यक पर्दैन ।

मसुरोमा सिंचाई गर्नु पर्दछ कि पर्दैन रु परेमा कहिले सिंचाई गर्ने :

यो बालीले केहि हदसम्म सुख्खा सहन सके पनि हिउंदमा पानी परेन भने सिंचाई दिनु पर्दछ । एक पटक छरेको ४५ दिनमा र अर्को कोसा लागेको बेलामा ।

झारपात नियन्त्रण कहिले र कसरी गर्न सकिन्छ :

मसुरो छरेको ६० दिनसम्म झारपात नियन्त्रण गर्ने पर्दछ । एकपटक छरेको २५–३० दिन र अर्को ४५–५० दिनमा झारपात नियन्त्रणका लागि विषादी पनि प्रयोग गर्न सकिन्छ । बीउ छरेको २–३ दिनपछि झार उम्रनु भन्दा अगाडी लासो वा पेन्डि मिथालिन २–३ लिटर प्रति हेक्टर (२० रोपनी डेढ विघा) मा छर्नु पर्दछ ।

मसुरोम। स्टेम फाइलम डढुवा रोग को लक्षण के हो :

यो ढुसी जन्य रोग हो । यो रोगको शुरुवातमा पातमा स–साना हल्का खैरो पिनको टाउको आकारका दागहरु देखिन्छ । दागहरु छिटो छिटो बढ्दै जान्छन् र दुई तिन दिनमानै पातको सम्पूर्ण सतह ढाकिन्छ । पातहरु र हांगाविंगा मैलो पहेंलो हुदै जान्छन् । अत्याधिक रोग लागेको अवस्थामा बाली डढेको देखिन्छ । रोग लागेका तलका पातहरु झर्दछन् र हांगा विंगाका टुप्पाका पातहरु मात्र रहन्छन् ।

मसुरोमा लाग्ने ओइलाउने रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने :

बेर्ना अवस्थामा बोट एक्कासी ओइलाउन थाल्दछ रपात सुक्दै जान्छ । फूल फुल्ने बेलामा पनि बोटको टुप्पो ओईलाउदै जान्छ । पात पहेंलिदै जान्छ र पूरै बोट ओइलाएर मर्दछ ।

ब्यबस्थापन विधिः

रोग नलाग्ने वा कम लागने जातहरु सिमल, शिखर, खजुरा १, खजुरा २ लगाउने ।

दुई बर्षको घुम्ती बाली अपनाउने ।

मसुरोमा लाग्ने जरा कुहिने रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्ने :

बोटको तल्लो पातहरु पहेंलिदै माथितिरका पातहरु पहेंलिन थाल्दछ । रोग लागेको बोटको मुखय जराहरु सहायक जराहरु कुहिएका हुन्छन् ।

ब्यवस्थापन विधिः

रोग ग्रस्त क्षेत्रमा ३–४ बर्षसम्म मुसुरो नलगाउने ।

घुम्ती बाली प्रणाली अपनाउने ।

मसुरोमा लाग्ने डढुवा रोगको लक्षण कस्तो हुन्छ र व्यवस्थापन कसरी गर्ने :

पातको टुप्पाहरु खाद्य ततवको कमिबाट भए जस्तो रङ्ग बदलिई सुक्दै जान्छ । माथिल्ला हांगाहरु पहेंला भई सुक्दछन् ।

ब्यवस्थापन विधि :

रोग देखा पर्ने वित्तिकै म्यान्कोजेव ७५५ डब्लु.पी. (डाइथेम एम ४५, Indofil M 45, Surya M 45)नामक विषादी २–३ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा २ ३ पटक छर्ने ।

मसुरोमा क्षति पुर्यादउने कीराहरु के के हुन र तिनको ब्यवस्थापन कसरी गर्ने :

मसुरोमा पनि केहि कीराहरुको प्रकोप हुन्छ, जस्तैः झुसिल कीरा,सेमिलुपर । यस बाहेक कोसा खाने गवारो कीराले पनि क्षति पुर्याउदछ ।

ब्यवस्थापनका उपायहरुः

झुसिल कीरा र सेमिलुपर लार्भालाई इडोसल्फान (थायोडान) १.२५ लिटर ८०० लिटर पानीमा मिसाई प्रति हेक्टरका दरले स्प्रे गर्नु पर्दछ । कोसामा क्षति पुर्‍याउने गवारोका लागि मानोक्रोटोफस (नुमाक्रोन ४० इ.सी.) १ मि.लि. लिटर प्रति लिटर पानीमा मिसाई स्प्रे गर्ने । एक हेक्टरका लागि ६००–८०० लिटर घोल चाहिन्छ ।

मसुरो काट्ने उपयुक्त समय के हो :

कोसा पाकेको ९९५५ कोसा पाकेको० तर विरुवा धेरै सुकि नसकेको अवस्थामा मसुरो काट्नु पर्दछ । विहानको समयमा मसुरो काट्दा कोसा कम झर्दछ ।

मसुरो भण्डारण गर्नु पर्दा ध्यान दिने कुरा के हुन :

मसुरोलाई सफा गरेपछि ३–४ घाम सुकाएर १०५ चिस्यानमा भण्डारण गर्नु पर्दछ । भण्डारणमा लाग्ने खपटे कीराले बीउ खाई सखाप पार्ने भएकाले हावा नछिर्ने भकारीमा सेल्फस २ चक्की एक टन वीऊमा राखी बन्द गर्नु पर्दछ ।

मसुरो कुन बाली प्रणालीमा लगाईन्छ र मौसम परिवर्तनमा यसले कसरी योगदान गर्न सक्दछ :

मसुरो धान तथा मकै दुबै बाली प्रणालीका लागि राखेको महत्वपूर्ण दालबाली हो । बाली चक्र यसरी प्रस्तुत गरिएको छ ।

क. धान खेतः

धान–मसुरो (एकल.रिले)

धान–मसुरोंआलस

धान–मसुरोंखेसरी

धान–मसुरोंतोरी।रायो (असिंचित)

धान–मसुरोंतोरींगहुं

ख. मकै वारीः

मकै–मसुरो (एकल)

मकै–मसुरो तोरी।रायो

यसरी मसुरो बाली मिश्रित बालीमा लगाएर पानी तथा माटो संरक्षण,संचित गरेर मौसम परिवर्तका प्रभावहरुलाई न्यूनिकरण गर्न योगदान गर्दछ ।