एजेन्सी। दुनियाको सबैभन्दा धेरै तेलभण्डार रहेको देशमध्ये एक भेनेजुयलामा आर्थिक अवस्था यति दर्दनाक बनेको छ की मानिसहरु देश छाडेर छिमेकी कोलम्बियामा भाग्नका लागि बाध्य बनेका छन् ।

भेनेजुयलयामा महंगी यति चुलिएको छ की १ लिटर दुधलाई १ लाख ३० हजार रुपैयाँको हाराहारीमा पर्दछ । भोक टार्ने ब्रेडको मूल्य पनि चुलिएको छ । र, एउटा ब्रेडलाई हजारौँ पर्दछ । एक किलो मासुलाई झण्डै ५ लाख रुपैयाँ पर्दछ । यसरी हेर्दा बोरामा पैसा भरेर लग्दा पनि पेटभर खान नपाइने अवस्था छ त्यहाँ ।

समाचार अनुसार पछिल्लो एक वर्षमा भेनेजुयलामा २२० प्रतिशत मूल्यवृद्धि भएको छ । देशको सबैभन्दा ठूलो नोट १ सय बोलिभारको मुद्रास्फिति भएर ०.०४ डलर भन्दा पनि कम भएको छ ।