नेपालमा प्रांगारिक खेतीमा देखिएका संभावना र चुनौतीहरु

डा. विष्णु विलास अधिकारी सह-प्राध्यापक, लमजुङ्ग क्याम्पस परिचय नेपालको कुल जनसंख्याको ७० प्रतिशत भन्दा बढि जनसंख्या गाउँमा बस्छन भने करिब दुई तिहाइ (६५.६ प्रतिशत) जनसंख्या कृषिमा निर्भर भएको पाइन्छ । कृषि व्यवसायलाई देश विकासको एक अभिन्न अंगको रुपमा लिइन्छ । देशको कुल ग्राहस्त उत्पादनको करिब ३२ प्रतिशत योगदान कृषि क्षेत्रबाट रहि आएको छ भने देशका […]

पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा सापकोटा

चितवन । नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको अध्यक्षमा जयकृष्ण सापकोटा निर्वाचित भएका छन् । नारायणगढमा भएको तेस्रो अधिवेशन तथा छैठौँ वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा हरिशरण लोहनी, प्रथम उपाध्यक्षमा रामकृष्ण अर्याल, द्वितीय उपाध्यक्षमा मनोज रानाभाट, महासचिवमा सुमन जोशी, सह–महासचिवमा रामशरण सिंखडा, सचिवमा विष्णु ढकाल, […]

ओखरको व्यापार फस्टाउँदै

डडेल्धुरा। जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको बसपार्कमा ओखरको व्यपार गर्दैआउनुभएकी तारा ऐर बताउनुहुन्छ । यस याममा लार्खौँ रुपैयाँ बराबरको ओखरको खरिद बिक्री हुन्छ । स्याउलेका अधिकांश व्यापारीले […]

केराखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित

चितवन। चितवनको केराखेतीमा विभिन्न रोगका प्रकोप देखा परेपछि किसान चिन्तित भएका छन् । किसानका अनुसार केराखेतीमा ढुसी लाग्ने, पानामा र सिगाटोगा रोग देखा पर्न थालेका हुन् । केराखेतीमाअघिल्ला वर्षको तुलनामा पानामा डिजिज बढ्दै गएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले भने, “यसबाट बच्न रोग निरोधक बिरुवाको विकल्प छैन ।” तत्काल रोग निरोधक […]

धनकुटाका चिया उद्योग संकटमा

धनकुटा। धनकुटाका चिया उद्योग संकटमा पर्न थालेका छन् । गुजरा चलाउन मुस्किल परेको भन्दै पछिल्ला वर्षमा धेरै किसान चिया छाडेर तरकारी खेतीतर्फ आकर्षित भएपछि धनकुटाको हिलेमा सञ्चालित उद्योगलाई मागको चौथाइ हिस्सा धान्नसमेत मुस्किल पर्न थालेको हो ।निजी बगानबाट हरियो पत्तीको आपूर्ति कम भएपछि चिया उद्योग संकटमा पर्न थालेका हुन्। विगतका वर्षमा धनकुटा र तेह्रथुमका निजी […]

धानमा ब्लास्टको संक्रमणले किसान चिन्तामा

सिन्धुली। जिल्लाका अधिकांश कृषकको खेतमा लगाइएको धान बालीमा ब्लास्ट नामक रोगको संक्रमण देखा परेको छ । धानको पातमा टीका पर्ने, खैरो, सेतो हुँदै जाने, अन्डा आकारको खैरो फैलँदै जानेजस्ता लक्षण देखापरेको जिल्ला कृषि विकास कार्यालयले जनायो । यस्तो लक्षण देखिएको रोगलाई ब्लास्ट रोग भनिन्छ । रोगको संक्रमण भएको धानको बिरुवा केही समयपछि पात सुकेर मर्ने […]

६ वटै प्रदेशमा विषादी प्रयोगशाला

काठमाडौ। सरकारले ६ वटा प्रदेशमा विषादी (पेस्टिसाइट) परीक्षण गर्ने दु्रत विषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ । प्रदेश नम्बर ३ मा प्रयोगशाला स्थापना भइसकेकाले यस बाहेकका प्रदेशमा स्थापना गर्न लागिएको हो । तरकारीमा अत्यधिक प्रयोग गरिने विषादी परीक्षण गर्न कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले ६ वटै प्रदेशका एक, एक स्थानमा विषादी […]

अष्ट्रिच पालन

परम्परा गत पशुपंक्षिपालन व्यवशाय जस्तै कुखुरा पालन गाइ भैसी पालन भेडा बाख्रापालन ब्रंगुर पालनले बेला बेलामा विभिन्न खाले आर्थीक क्षती ब्यहोरेका छन् । सरुवा तथा संर्पकित रोगहरुको अचानक माहामारी देखा पर्नु जस्का कारण उत्पादन अचानक हास आउनु जलवायु परिवर्तन अत्याधिक गर्मी तथा खानेपानीको अभाव जस्तो यस्का धेरै कारणहरु छन् । अष्ट्रिच पालन पशुपालन व्यवशायको परिपुरकको रुपमा वढी नाफा मुलुक […]

दूधको अभावले आठ डेरी बन्द

जाजरकोट । दूधको उत्पादनमा कमी आएपछि जिल्लाका आठ ठाउँमा रहेका दूध डेरी बन्द भएका छन् । वनजङ्गल मासिँदै जाँदा मानिसले पशुपालन व्यवसाय छाड्दै गएपछि डेरीमा दूधको अभाव भएको हो । धेरैजसो युवा वर्ग कमाइका लागि विदेश र केही भएका भारत पलाएन भएपछि पशुपालन व्यवसाय गर्नेको अभाव पनि उत्पादन घट्नुको अर्को कारण हो । सरकारी अनुदानमा […]

रसुवामा अलैँची खेती विस्तार

रसुवा। अलैँची उत्पादनमा यहाँका किसान आकर्षित हुन थालेका छन् । वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंका अनुसार भोर्ले, धैवुङ र लहरेपौवाको ओसिलो ठाउँमा कृषि कार्यालयमार्फत गत वर्षदेखि अलैँची खेतीे सुरुवात गरेपछि जिल्लाका सयौँ किसान यसप्रति आकर्षित भएका हुन् । किसानको माग र अलैँचीको उत्पादनमा सन्तुलन ल्याउन यहाँ कार्यरत आरटिज नामक गैरसरकारी संस्थाले यस वर्ष ठूलोगाउँ, […]