जाजरकोट । दूधको उत्पादनमा कमी आएपछि जिल्लाका आठ ठाउँमा रहेका दूध डेरी बन्द भएका छन् । वनजङ्गल मासिँदै जाँदा मानिसले पशुपालन व्यवसाय छाड्दै गएपछि डेरीमा दूधको अभाव भएको हो ।

धेरैजसो युवा वर्ग कमाइका लागि विदेश र केही भएका भारत पलाएन भएपछि पशुपालन व्यवसाय गर्नेको अभाव पनि उत्पादन घट्नुको अर्को कारण हो ।

सरकारी अनुदानमा सञ्चालनमा रहेको थलह, दशेरा, पाँचकाटिया, मार्क, मनघाट, रिम्ना, बोहरा र साल्मालगायतका गाविसमा सञ्चालनमा रहेका डेरी अहिले बन्द अवस्थामा रहेका छन् ।

सदरमुकाममा रहेको एकमात्र डेरी सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख कपिलप्रसाद उपाध्यायले बताउनुभयो ।पहिले एकै घरमा चारभन्दा बढी भैँसी पाल्ने गरेको भए पनि अहिले मुस्किलले एउटामात्र भैँसी पालेको पाइएको छ ।

पहिले घर नजिकै प्रशस्त घाँस पाइने गथ्र्यो अहिले दिनभरि लगाएर बल्ल बल्ल घाँस पाइने गरेको सक्ला–१ का जयबहादुर खत्रीले बताउनुभयो ।पहिला घाँस पाइने ठाउँमा अहिले घर जग्गा निर्माण भएको उहाँले उल्लेख गर्नु भयो ।