” प्राङगारिक कृषिको विकास भए पर्यटनमा पनि टेवा पुग्छ “

चितवन। चिउरी पनि कम फल्न थाल्यो , ठुला ठुला काँक्रा हराउँदै गए, किन यस्तो भयो ? केही जानकारी नै भएन । धेरै फलाउन रासायनिक मल र विषादी राख्न खोजेको हो ? यो काम गर्नु फाईदाजनक हो वा होइन ? जस्ता स्थानीयको मनमा खेलेका कृषि र वातावरणसँग सम्बन्धिच जिज्ञासाहरु शान्त पार्न भरतपुरबाटै टोली दाहखानी गाविसको उपरदाङगढी पुगे […]

चितवनको कृषिमा तीन करोड भन्दा बढीको अनुदानका कार्यक्रम सार्बजनिक

चितवन। जिल्ला कृषि विकास कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७३/७४ का लागि तीन करोड तीन लाख ८२ हजार रुपैयाँ बराबरको अनुदानका कार्यक्रम बजेट सार्वजनिक गरेको छ । चालु आवका लागि स्वीकृत वार्षिक कार्यक्रमहरुको सार्वजनिकीकरणमा कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले निक्षेपित कृषि तर्फ एक करोड ७४ लाख ८२ हजार रुपैयाँ र केन्द्रीय कार्यक्रम […]

सुदूरपश्चिमा दशैंमा खाद्यान्न अभाव नहुने

धनगढी। चरम भोकमरी समस्या रहेको सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा चाडपर्वको बेला खाद्यान्न अभाव नहुने जनाइएको छ । ती जिल्लाहरुमा केही चामल मौज्दात रहेको र बाजुरा बाहेक चार जिल्लामा थप ढुवानी समेत भएकाले जनताले ढुक्कसँग चाडपर्व मनाउन पाईने बताइएको छ । भोकमरी समस्या रहेका जिल्लामा खाद्यान्न ढुवानी र बिक्री गर्दै आएको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले […]

दशैंको मुखमा अलैंचीको मूल्य ओरालो लागेपछि किसान चिन्तित

ताप्लेजुुङ। ताप्लेजुङको मुख्य नगदेबालीको रुपमा रहेको अलैंची बजारमा निस्कन थालेसँगै मूल्य निरन्तर ओरालो लाग्न थालेको छ । खोल्सीको ‘कालो सुन’ उपमाले समेत चिनिएको नगदेबाली अलैंचीको मूल्य हाल अस्वाभाविक रुपमा घट्दै गएकाले अलैंची उत्पादक तथा किसान चिन्तित बनेका छन् । बजारमा नयाँ अलैंची निस्किन थालेको करिव डेढ महिना पुग्न लाग्दा मूल्य प्रति मन १७ हजार रुपियाँले […]

कृषि तथा वन विश्‍वविद्यालय बन्द

चितवन। विद्यार्थी तथा प्रध्यापकहरुले लामो समय आन्दोलन र तालाबन्दी गरेपछि कृषि तथा वन विश्व विद्यालय प्रशासनले ‘असहज परिस्थित निम्तिएको’ भन्दै अनिश्चितकालका लागि विश्वविद्यालय बन्द गरेको छ। शुक्रबार ३ बजेसम्म छात्रावासमा रहेका विद्यार्थीलाई बाहिर जान क्याम्पस प्रकाशनले समय तोकेको थियो । प्रशासनले तोकेको समयमा छात्रावास नछाड्ने विद्यार्थीहरुलाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जबर्जस्ति बाहिर निकाल्यो। […]

निरन्तरको वर्षाका कारण झापामा तरकारी उत्पादनमा कमी

झापा। निरन्तरको वर्षाका कारण झापामा तरकारी उत्पादनमा कमी आउने भएको छ। सात हजार ८३५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुदैँ आएको झापा जिल्लामा असोजको पहिलो सातासम्म कृषकले तरकारीको बीउसम्म छर्न पाएका छैनन्। त्यसैले यो वर्ष हिउँदमा तरकारी उत्पादन घट्ने भएको छ। अहिलेसम्म रायो, तोरी, मुला, काउली उत्पादन भइसक्नुपर्ने भएपनि अविरल वर्षाका कारण किसानले बीउ राख्न नपाएको […]

बाख्राहरुसँगै घाँस खाएर ३ दिन जंगलमा चरेका व्यक्तिले पाए ‘नोबेल पुरस्कार’

बेलायत।तीन दिनसम्म बाख्राको जीवन बाँचेर वैज्ञानिक अनुसन्धान गरेका एक बेलायतीले यो वर्षको ‘आइजी नोबेल पुरस्कार’ प्राप्त गरेका छन् । टमस थोयट्सले बाख्राजस्तै चारखुट्टा टेकेरै ३ दिनसम्म बाख्राजस्तै जीवन बाँचेका थिए । उनी बाख्राहरुसँगै चरनमा गएर घाँस समेत खाएका थिए । बाख्राजस्तै बन्नका लागि उनले बेग्लै किसिमको कृतिम ‘बाख्रे खुट्टा’हरू प्रयोग गरेका थिए । ३ दिनसम्म […]

नेपालगन्ज नाकाबाट खसीबोका भित्रिने क्रम बढ्यो

नेपालगन्ज। दसै नजिकिँदै गर्दा नेपालगन्ज नाकाबाट खसीबोका भित्रिने क्रम बढेको छ। व्यापारीले भारतीय बजारमा खरिद गरेर ल्याएको खसी बोका नेपालगन्ज नाका हुँदै काठमाडौं, पोखरा लगायत ठाउँसम्म पठाउने गरेका छन्। नेपालगन्ज, जैसपुरका पुराना व्यापारी सरिफ कुरैसीले दसैं लक्षित खसीबोका आयात गर्ने क्रम सुरु भइसकेको बताए। उनले बुधबारमात्र ६ सय २० वटा खसीबोका राजधानी पठाएका छन्। ‘असोज […]

९० किलोको खसीसँगै बसेर पढ्छन् विद्यार्थी

मोरङ। विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् ।तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् । कक्षा पाँचसम्म रहेको सो विद्यालयमा यतिखेर अचम्मको एउटा खसी बस्छ । सो विद्यालयका प्राचार्य रामप्रसाद बर्माका अनुसार विद्यालय […]

पर्वतमा आलु उत्पादन घट्यो

पर्वत । आलुको पकेट क्षेत्र मानिने पर्वतका उत्तरी गाविसमा यस वर्ष आलुको उत्पादन घटेको छ । जिल्लाको उत्तरी गाविस बनौ, शालिजा, लेखफाँट र क्याङ, भुकताङ्ले, बाँसखर्कलगायतका गाविसमा यस वर्ष आलु उत्पादनमा गिरावट आएको हो । आलुका लागि पकेट क्षेत्र मानिएका यी गाविसमा गएको हिउँदको लामो खडेरीका कारण आलु उत्पादनमा झण्डै ५० प्रतिशतले कमी आएको छ […]