बेलायत।तीन दिनसम्म बाख्राको जीवन बाँचेर वैज्ञानिक अनुसन्धान गरेका एक बेलायतीले यो वर्षको ‘आइजी नोबेल पुरस्कार’ प्राप्त गरेका छन् । टमस थोयट्सले बाख्राजस्तै चारखुट्टा टेकेरै ३ दिनसम्म बाख्राजस्तै जीवन बाँचेका थिए । उनी बाख्राहरुसँगै चरनमा गएर घाँस समेत खाएका थिए ।
बाख्राजस्तै बन्नका लागि उनले बेग्लै किसिमको कृतिम ‘बाख्रे खुट्टा’हरू प्रयोग गरेका थिए । ३ दिनसम्म स्विजरल्याण्डका पहाडमा पुगेर करिब ४ घण्टासम्म घाँस चरेका उनले गरेको अध्ययन गोटम्यानः हाउ आइ टुक अ होलिडे फ्रम बिइङ ह्युमन नाम पुस्तकका रूपमा प्रकाशित छ ।
यही अध्ययनका लागि यो वर्षको आइजी नोबल पुरस्कार उनले प्राप्त गरेका हुन् । आइजी नोबेल पुरस्कार विश्वप्रसिद्ध नोबेल पुरस्कारको ‘प्यारोडी संस्करण’ हो । यो पुरस्कार एकदमै अनौठो र बेग्लै वैज्ञानिकका लागि दिइने गरिन्छ ।
‘मान्छेको जीवनका दुख र दिक्दारीदेखि वाक्क लागेर मैले स्विजरल्याण्डका पहाडमा गएर बाख्रोको जिन्दगी जिउने रहर गरेको हुँ ,’ उनले भने । अमेरिकाको हावर्ड युनिभर्सिटीमा उनलाई यो पुरस्कार दिइएको हो । उनले पुरस्कार लिँदै भने, ‘मलाई ठुलो गर्व छ । ’
अध्ययनका क्रममा उनी पहाडमै बाख्राकै हुलमा बसेर र सुते पनि । जिवविज्ञानको यो पुरस्कार टमस थोयट्ससँगै अर्का बेलायती लेखक चाल्र्स फोस्टरलाई बाँडिएको हो ।
उनले समेत अनेक प्रकारका जनावरसँगै बसेर उनीहरूकै नक्कल गर्दै जीवन बाँचेर अध्ययन गरेका हुन् । उनको पुस्तकको नाम हो : बिइङ अ बिस्ट । चाल्र्स भने बाजर, अटर , फ्याउरो, रातो मृग र स्विफ्ट नामको चरोको जीवन बाँच्ने अभ्यास गरेका थिए । फोस्टर युनिभर्सिटी अफ अक्सफोर्डका अध्येता हुन् ।
फोस्टरले भने, हामी मानवसँग पाँचवटा भव्य चेतन अङ्ग छन् । प्राय हामी एउटा मात्र प्रयोग गर्छौँ–आँखा । यो एकदमै भ्रमपुर्ण छ । यो वास्तवमै भ्रमपुर्ण लेन्स हो । किनकि यो हाम्रो अनुभूतिसँग सम्बन्धित छ । यो अद्भुत संसारमा हामीले मात्र २० प्रतिशत जानकारी मात्र लिन सफल छौँ । उनले भने, प्राणीहरु हामीभन्दा बढी खुशी छन् ।
फोस्टरले जनावर भएर बाँच्दा आफूले आफूलाई लाई बताइएको भन्दा बेग्लै संसारको अनुभूति गरेको बताए । फोस्टरले जनावरहरूसँग बाँचेको जीवनको अनुभूतिलाई निचोडमा बताए, ‘यसले मभित्र यी प्राणीहरूप्रति पर्याप्त सहानुभती समेत पलायो । हामीले अझै त्यो भन्दा बढी केही गर्न सक्छौँ । ’स्रोत : मिरर