चोभारस्थित फलफूल संकलन केन्द्रको निर्माण सुस्त, विश्व बैंकको करोडौं अनुदान फिर्ता हुँदै

काठमाडौं । चोभारमा बन्न लागेको फलफूल तथा पुष्प संकलन केन्द्रको निर्माण कार्य सुस्त हुँदा विश्व बैंकको करोडौं अनुदान रकम फिर्ता हुने भएको छ। केन्द्रको निर्माण २० प्रतिशत पनि हुन सकेको छैन। विश्व बैंकको सहयोगमा संचालित ‘व्यवसायिक व्यापार आयोजना’को अवधि सकिनै लाग्दा निर्माण  कछुवा गतिमा भैरहेको छ। बाहिरबाट आयात गरी काठमाडौ उपत्यकाको लागि फलफूल तथा पुष्प […]

सहकारी कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै, स्थानीयवासी गाईपालनतर्फ आर्कषित

तानसेन । कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाईपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् । […]

प्रदेश ७ को कृषि मन्त्रीमा चौधरी

धनगढी। प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै प्रदेश सात ले कृषि मन्त्री समेत पाएको छ । सात प्रदेशको भूमिसुधार, कृषि तथा सहकारी मन्त्रीका रुपमा विनिता चौधरी पाएको छ । प्रदेश   सातको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा आएकी विनिता चौधरी माओवादीबाट मन्त्री भएकी हुन् ।सपथ ग्रहण संगै मन्त्री चौधरीले कृषिमा भएका नयाँ सम्भाव्यतालाई आत्मासाथ […]

१ किलो मासुलाई ५ लाख, एक लिटर दुधलाई १ लाख !

एजेन्सी। दुनियाको सबैभन्दा धेरै तेलभण्डार रहेको देशमध्ये एक भेनेजुयलामा आर्थिक अवस्था यति दर्दनाक बनेको छ की मानिसहरु देश छाडेर छिमेकी कोलम्बियामा भाग्नका लागि बाध्य बनेका छन् । भेनेजुयलयामा महंगी यति चुलिएको छ की १ लिटर दुधलाई १ लाख ३० हजार रुपैयाँको हाराहारीमा पर्दछ । भोक टार्ने ब्रेडको मूल्य पनि चुलिएको छ । र, एउटा ब्रेडलाई […]

यार्सागुम्बा अर्थात जडीबुटीको राजा

यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । […]

अर्गानिक खाना अर्थात कागुनो !

विश्‍वका प्राचीनतम अन्नबालीहरूमध्ये कागुनो (Foxtail millet: Setaria italica (L.) Beauv) पनि एक हो। नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबालीअन्तर्गत पर्दछ। फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet)  भनिन्छ। नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बाजुरा र बझाङ जि ल्लाहरूका असिञ्‍चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको […]

माछापालनमा किसानको आकर्षण बढ्दै

भीमदत्तनगर । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताए । उनले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास, भीमदत्तनगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुरलगायत स्थानीय तहमा माछापालन व्यवसाय फष्टाउँदै गएको बताए । […]

मसुरो खेती कस्तो हावापनीमा गर्दा उपयुक्त हुन्छ त !

मसुरो कस्तो हावापानीमा लगाउन सकिन्छ : मसुरो हिउंदेबाली हो र यसलाई चिसोपानी चाहिन्छ तर पाक्नको लागि भने गर्मी हावापानी हुनु पर्दछ । यसको खेती तीनहजार मिटर उचाई भएको स्थानसम्म गर्न सकिन्छ । मसुर्रो खेती कस्तो माटोमा गर्न सकिन्छ : पानी नजम्ने माटो हुनु पर्दछ । दुमट माटो र माटोको पि.एच. न्युट्रल हुनु यसका लागि वेश […]

प्रदेश सरकारले घरजग्गा कर उठाउन सक्ने

काठमाडौँ । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमूना विद्येयकमा […]

गोलभेडा खेती गर्न के प्रबिधि अपनाउनुपर्छ !

गोलभेडा तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ। यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ। गोलभेडा खेतीमा सेतो झिँगा कस्तो खालको कीरा हो रु […]